आज:  | Fri, 01, Jul, 2022

प्रचण्ड–बादलद्धारा गलेश्वरधाम मन्दीरमा पुजा

२८ कार्तिक २०७५, बुधबार ११:०८ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
पत्नी सीता दहालको प्राकृतिक तातोपानीको पोखरीमा स्पागरी उपचार गर्न बेनी नगरपालिका, ४ स्थित तातोपानी आएका पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डले मंगलवार विहान प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दीरमा पुगी पुजा अर्चना गरेका छन । त्यसैगरी पत्नी नैनकला थापासहित प्राकृतिक तातोपानी कुण्डमा स्पागरी प्राकृतिक उपचार गर्न प्रचण्डसँगै आएका संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल मगरपनि पुजामा सरिक भए ।राहुघाट जलविधुत आयोजना निर्माणमा भैरहेको ढिलाईमा चासो राख्दै आयोजनाको स्थलगत निरिक्षण क्रममा गलेश्वर गएको हो’ प्रचण्डका निकट नेकपा म्याग्दीका नेता गोविन्द पौडेलले भने, ‘मन्दीरले हाईप्रोफाईल ब्यक्तित्वलाई मन्दीरको महत्व दर्शाउन पनि पुजामा सरिक गराएको हो । गलेश्वर मन्दीर पुग्नु अघि प्रचण्ड र बादल बेनी–मल्लाज पदमार्गमा प्रात:कालीन हिडाई गरेपछि कालीगण्डकी नदीले बेनी बचाउन निर्मित तटवन्धान पुर्‍याएको क्षतिको निरिक्षण गरेका थिए । लगत्तै निर्माणाधिन जलविधुत आयोजनाको स्थलगत निरिक्षणपछी गलेश्वर मन्दीरमा पुगेका थिए ।योजना निरिक्षण र मन्दीरको दर्शनपछि पूर्व प्रम प्रचण्ड र गृहमन्त्री थापा बेनी फर्केर प्राकृतिक तातोपानीमा स्पा गरी उपचार गराउन सपरिवार १२ किमी पश्चिममा पर्ने सिङ्गा तातोपानी पुगेका छन । उनीहरु विहान ९ बजेदेखी ११ बजेसम्म तातोपानीमा डुबेर स्पा गरेका थिए ।