- Loading...
जिसस सभाहल निर्माण अलपत्र
- पुनहिल डट कम
- ६ साल अघि
- १९७ पटक पढिएको

सदरमुकाम बेनीमा निर्माणाधिन बहुउद्देश्यीय सभा हल निर्माण दुई बर्ष देखी अलपत्र परेको छ । शान्तिका लागी पुन:स्थापना र शान्तिका लागी विकास कार्यक्रम अन्र्तगत निर्माणाधिन जिल्ला समवन्य समितिको सभा हल समेत जिल्लाका दर्जन बढी योजना अलपत्र छन । शान्ति मन्त्रालय खारेज भएपछि मन्त्रालयले संञ्चालन गरेका अधुरा योजना अलपत्र परेका हुन । १ करोड ४२ लाख खर्चेर दुई तल्ले बहुउद्देश्यीय सभा हल भवनको जग हाल्ने, पिलर ठडाउने, दुई ढलान गर्ने काम भएपनि भवनमा पाटेसन, प्लास्टर, रंगरोगन, फर्निचर, विधुत, पानी जडान बाँकी छ । भवन पूर्णता दिन थप १ करोड २५ लाख लाग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
सभा हल सहितको बहुउद्देश्यीय भवनको फ्रेम स्टक्चर निर्माण भएको छ । फिनिसिङकाृ काम बाँकी छ’ जिल्ला समवन्य समितिका संयोजक देवेन्द्रबहादुर केसीले भने, ‘बहुबर्षिय क्रमागत योजना भएकोले मन्त्रालय खारेज भएपछि योजनाहरु अलपत्र परे । निर्माणाधिन योजना सम्बन्धीत स्थानीय तहमा हस्तान्त्रण गर्ने पत्र आयो तर बजेट आएको छैन । सभा हल भवन मात्र होईन पूर्वाधार विकास कार्यालय मातहत ४०–४० लाखको लागतमा निर्माणाधिन साविक ताकम, हिस्तान, घार गाविसका भवन अधकल्चो भएका छन । शान्ति तथा पुन:निर्माण मन्त्रालयबाट आप ०७२/०७३ देखी निर्माण सुरु गरेका क्रमागत योजनामा बजेट नपठाएपछि यी भवनहरु आधा निर्माणपछि अलपत्र परेका छन । शान्तिकालागी पुन:स्थापना कार्यक्रम अन्र्तगत निर्माणाधिन जिल्ला समवन्यय समितिको सभाहल निर्माणकालगी भने १ करोड ५० लाखको अख्तियारी आएको छ ।
अधकल्चो अवस्थाका योजना पुरा गराउन बजेट सहित निर्देशनसहित जानकारी पाउन पत्राचार गरेपनि कुनै शान्ति तथा पुन:निर्माण मन्त्रालयले चासो नै राखेन’ पूर्वाधार विकास कार्यालयका इन्जिनियर रविन मर्हजनले भने, ‘जनप्रतिनिधीले भवन कहिले पुरा हुन्छ भन्दै सोध्छन, ठेकदारले काम गरेको वीलको भुक्तानी मागेका छन । तर बजेट अख्तियारी नआएकोले अलमल मै छौं ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
