- Loading...
पर्यटक बढ्दा गोठाला उत्साही
- पुनहिल डट कम
- ६ साल अघि
- २७९ पटक पढिएको

घनश्याम खड्का
घार (म्याग्दी)– पर्यटक र गाई गोठाला विच सम्बन्ध हुन्छ ? धेरै गोठालाका लागी पर्यटक आउनु÷नआउनुमा खास अर्थ राख्दैन पनि । तर म्याग्दी घारका गाई गोठाला र पर्यटक गाई गोठाला विच भने खास सम्बन्ध छ ।
स्थानिय गाईको दुधबाट उत्पादित चीज सेवन गर्ने ग्राहक पर्यटक बढेपछि अन्नपूर्ण गाउ“पालिका, ६ घारका गाई गोठाला उत्साही भएका हुन । अन्नपूर्ण चक्रिय मार्गको तातोपानी–घोडेपानी क्ष्ँेत्रमा पर्यटक बढ्दा गाई गोठाला उत्साही हुन्छन । गाउ“मा उत्पादन हुने चीज खाने ग्राहक बढे, चीज बनाउने दुधको खपत पनि बढ्ने भएकोले पर्यटक आउ“दा गाई पाल्ने कृषक उत्साही हुन्छन । त्यसो त गाउ“मा पर्यटक आउ“दा तरकारी उत्पादक कृषक पनि उत्तिकै खुसी हुने गरेका छन ।
अन्नपूर्ण गापा, ५ पाउद्वार, ६ घार र ८ राम्चेमा स्थानीय र उन्नत जातका गाईको दुधबाट चीज उत्पादन हुन्छ । तीन वटै चीज उद्योग कृषक समुहले संञ्चालन गरेका हुन ।
कृषकले नै स्थापना गरेको उद्योगको चीजको विक्रि ह्वात्तै बढेपछि गोठाला खुशी भएका हुन । गोठको दुध विक्रि हुने र चीज बेचेर पनि दुई पैसा आम्दानी हुन थालेपछि गाई पालक कृषक उत्साही छन ।
‘तातोपानी, घोडेपानी र पोखराको लेकसाईडमा चिजको माग बढेस“गै दुधको खपत र उत्पादन दुवै बढेको छ । स्टक पुरै सकियो । चीजका रोल राम्रोस“ग जम्न नपाउ“दै बिक्रि भैसक्छ’ निलगिरी गाई पालन कृषी सहकारी एवं हिमालयन चीज उद्योगका सचिव श्याम खड्काले भने, ‘सुरुमा चीज बोकेर मुस्ता¨ र घान्द्रुकसम्म पु¥याएर उदारोमा बेच्थ्यौं तर अहिले अवस्था उल्टो छ, चीजको अग्रिम भुक्तानी आउन थालेको छ ।’
३५ जना गाईपालक कृषक आवद्ध निलगिरी गाई पालन कृषी सहकारी संस्थाले नै हिमालय चिज उद्योग स्थापना गरेको हो । दैनिक ३०० लिटर दुधबाट ४० किलोग्राम चीज उत्पादन हुन्छ । कृषकले दुधको मुल्य आफै तोकेका छन, प्रतिलिटर ६० रुपैया“ ।
कृषकले हरेक महिनाको पहिलो दिन दुधको भुक्तानी बुझ्ने गरेका छन । १ लिटरदेखी ३० लिटरसम्म दैनिक दुध ल्याउने कृषक छन । कृषकले दुध वेचेर राम्रो आम्दानी मात्र गरेका छैनन, चीज विक्रीबाट पनि राम्रो आम्दानी गरेका छन । उद्योगले अघिल्लो बर्ष प्रति कृषक २२ हजार नगद लाभाश बा“डेको थियो । यस बर्ष साधारण सभा भएको छैन । खेतीवाली थन्क्याउने हतारो भएकोले मंसिरमा साधारण सभा गर्ने योजना छ ।
‘पशु चौपाया पाल्दा झरीवादल र चाडपर्व केही भन्न पाईन्न । पशु पाल्न सजिलो छैन, दुख छ । तर महिना पुगेपछि कर्मचारीले तवल बुझे झै दुधको पैसा बुभ्mन पाउ“दा सवै दुख विर्सन्छ’ गाई पालक कृषक लिलबहादुर खड्काले भने, ‘अझै चीज उद्योग ब्यवस्थित बनाउन सकेका छैनौं । पर्यटक अफसिजनमा उत्पादित चीज भण्डारण र बर्खायाममा सडकमा यातायात नचल्ने भण्डारण क्षमता सानो छ ।’
राम्रो नगद आम्दानी पाएपछि उत्साही कृषकले ८० हजारसम्म मुल्य तिरेर होलिस्टिक, न्यूजिल्याण्ड र जर्सी समेतका गाई थपेका छन । अधिका“स स्थानिय क्रस जातका छन । पर्यटकको आगमन बढेपछि उत्साही भएका गोठालाहरुले स्थानिय गाईगोठ सुधार गर्दै ब्यवसायीक रुपमा गाई पाल्ने बढेका छन । तीन बर्ष अघिको नाकावन्दी र त्यस अघि हुतहुत समेतको वेमौषभी हिमपातपछि पर्यटक घट्दा समेत हतास नभएका कृषक अहिलेको पर्यटक चाप देखेपछि हौसिएका छन ।
चीज बजारको सहजता, प्रयाप्त घा“से क्षेत्र, मोटरबाटोले दैलोमा पुग्ने हु“दा दाना लैजान सहज, विजुली पानी र संञ्चार सेवाको सहज पहु“च वस्तीसम्म पुगेपछि परम्परागत गाई गोठहरु विस्तारै ब्यवसायीक बन्न थालेका हुन ।
नोट ः समाचारको फोटो संगै अट्याच गरेको छु ।
अन्नपूर्ण गाउ“पालिका, ६ घार स्थित हिमाल चीज उद्योगमा उत्पादित चीज । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने तातोपानी–घोडेपानी र पोखरासम्म यहा“को चीज विक्रि हुन्छ ।
फोटो ः घनश्याम खड्का, कान्तिपुर

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
