आज:  | Sun, 03, Jul, 2022

पर्यटक बढ्दा गोठाला उत्साही

१३ कार्तिक २०७५, मंगलवार १०:२९ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
घनश्याम खड्का घार (म्याग्दी)– पर्यटक र गाई गोठाला विच सम्बन्ध हुन्छ ? धेरै गोठालाका लागी पर्यटक आउनु÷नआउनुमा खास अर्थ राख्दैन पनि । तर म्याग्दी घारका गाई गोठाला र पर्यटक गाई गोठाला विच भने खास सम्बन्ध छ । स्थानिय गाईको दुधबाट उत्पादित चीज सेवन गर्ने ग्राहक पर्यटक बढेपछि अन्नपूर्ण गाउ“पालिका, ६ घारका गाई गोठाला उत्साही भएका हुन । अन्नपूर्ण चक्रिय मार्गको तातोपानी–घोडेपानी क्ष्ँेत्रमा पर्यटक बढ्दा गाई गोठाला उत्साही हुन्छन । गाउ“मा उत्पादन हुने चीज खाने ग्राहक बढे, चीज बनाउने दुधको खपत पनि बढ्ने भएकोले पर्यटक आउ“दा गाई पाल्ने कृषक उत्साही हुन्छन । त्यसो त गाउ“मा पर्यटक आउ“दा तरकारी उत्पादक कृषक पनि उत्तिकै खुसी हुने गरेका छन । अन्नपूर्ण गापा, ५ पाउद्वार, ६ घार र ८ राम्चेमा स्थानीय र उन्नत जातका गाईको दुधबाट चीज उत्पादन हुन्छ । तीन वटै चीज उद्योग कृषक समुहले संञ्चालन गरेका हुन । कृषकले नै स्थापना गरेको उद्योगको चीजको विक्रि ह्वात्तै बढेपछि गोठाला खुशी भएका हुन । गोठको दुध विक्रि हुने र चीज बेचेर पनि दुई पैसा आम्दानी हुन थालेपछि गाई पालक कृषक उत्साही छन । ‘तातोपानी, घोडेपानी र पोखराको लेकसाईडमा चिजको माग बढेस“गै दुधको खपत र उत्पादन दुवै बढेको छ । स्टक पुरै सकियो । चीजका रोल राम्रोस“ग जम्न नपाउ“दै बिक्रि भैसक्छ’ निलगिरी गाई पालन कृषी सहकारी एवं हिमालयन चीज उद्योगका सचिव श्याम खड्काले भने, ‘सुरुमा चीज बोकेर मुस्ता¨ र घान्द्रुकसम्म पु¥याएर उदारोमा बेच्थ्यौं तर अहिले अवस्था उल्टो छ, चीजको अग्रिम भुक्तानी आउन थालेको छ ।’ ३५ जना गाईपालक कृषक आवद्ध निलगिरी गाई पालन कृषी सहकारी संस्थाले नै हिमालय चिज उद्योग स्थापना गरेको हो । दैनिक ३०० लिटर दुधबाट ४० किलोग्राम चीज उत्पादन हुन्छ । कृषकले दुधको मुल्य आफै तोकेका छन, प्रतिलिटर ६० रुपैया“ । कृषकले हरेक महिनाको पहिलो दिन दुधको भुक्तानी बुझ्ने गरेका छन । १ लिटरदेखी ३० लिटरसम्म दैनिक दुध ल्याउने कृषक छन । कृषकले दुध वेचेर राम्रो आम्दानी मात्र गरेका छैनन, चीज विक्रीबाट पनि राम्रो आम्दानी गरेका छन । उद्योगले अघिल्लो बर्ष प्रति कृषक २२ हजार नगद लाभाश बा“डेको थियो । यस बर्ष साधारण सभा भएको छैन । खेतीवाली थन्क्याउने हतारो भएकोले मंसिरमा साधारण सभा गर्ने योजना छ । ‘पशु चौपाया पाल्दा झरीवादल र चाडपर्व केही भन्न पाईन्न । पशु पाल्न सजिलो छैन, दुख छ । तर महिना पुगेपछि कर्मचारीले तवल बुझे झै दुधको पैसा बुभ्mन पाउ“दा सवै दुख विर्सन्छ’ गाई पालक कृषक लिलबहादुर खड्काले भने, ‘अझै चीज उद्योग ब्यवस्थित बनाउन सकेका छैनौं । पर्यटक अफसिजनमा उत्पादित चीज भण्डारण र बर्खायाममा सडकमा यातायात नचल्ने भण्डारण क्षमता सानो छ ।’ राम्रो नगद आम्दानी पाएपछि उत्साही कृषकले ८० हजारसम्म मुल्य तिरेर होलिस्टिक, न्यूजिल्याण्ड र जर्सी समेतका गाई थपेका छन । अधिका“स स्थानिय क्रस जातका छन । पर्यटकको आगमन बढेपछि उत्साही भएका गोठालाहरुले स्थानिय गाईगोठ सुधार गर्दै ब्यवसायीक रुपमा गाई पाल्ने बढेका छन । तीन बर्ष अघिको नाकावन्दी र त्यस अघि हुतहुत समेतको वेमौषभी हिमपातपछि पर्यटक घट्दा समेत हतास नभएका कृषक अहिलेको पर्यटक चाप देखेपछि हौसिएका छन । चीज बजारको सहजता, प्रयाप्त घा“से क्षेत्र, मोटरबाटोले दैलोमा पुग्ने हु“दा दाना लैजान सहज, विजुली पानी र संञ्चार सेवाको सहज पहु“च वस्तीसम्म पुगेपछि परम्परागत गाई गोठहरु विस्तारै ब्यवसायीक बन्न थालेका हुन ।नोट ः समाचारको फोटो संगै अट्याच गरेको छु । अन्नपूर्ण गाउ“पालिका, ६ घार स्थित हिमाल चीज उद्योगमा उत्पादित चीज । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने तातोपानी–घोडेपानी र पोखरासम्म यहा“को चीज विक्रि हुन्छ । फोटो ः घनश्याम खड्का, कान्तिपुर