- Loading...
सरकारविरुद्ध म्याग्दी काँग्रेसले बेनीमा पनि प्रदर्शन
- पुनहिल डट कम
- ३ साल अघि
- ९२ पटक पढिएको
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले बेनीमा पनि र्याली निकालेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको लगभग तीन वर्ष पुग्नै लाग्दा काँग्रेस सरकारविरुद्ध सम्भवतः पहिलो पटक आक्रामक रुपमा प्रस्तुत भएको हो । बेनीमा गरेको प्रर्दशनीमा कार्यकर्ताको राम्रो सहभागिता देखिएको थियो । स्थानीय तहका छुट्टाछुट्टै ब्यानरमा काँग्रेस कार्यकर्ताहरु प्रर्दशनमा सहभागी थिए ।
काँग्रेस कार्यकर्ताहरुले नेकपाको कम्युनिष्टको सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाउँदै प्रधानमन्त्री ओली प्रति निक्कै आक्रमक नारा लगाएका थिए ।
काँग्रेसको र्याली सदरमुकाम बेनी परिक्रमा पछि विरेन्द्रचोकमा पुगी सभामा परिणत भएको थियो । जिल्ला सभापति खमबहादुर गर्वुजा, बेनी नगरप्रमुख हरीकुमार श्रेष्ठ समेत विरोध सभामा बोल्नै सवै वत्ताले कोरोना माहामारीका बेला औषधि खरिददेखि निर्मला हत्याकाण्ड जस्ता काण्डमा दिनप्रतिदिन सरकार अनेकौँ काण्डमा फस्दै गएको बताए । उनीहरुले वर्तमान सरकारको दमनकारी सोच उदाङगो भएको बताए।
सत्तारुढ नेकपा भित्र शक्ति संघर्ष चरम उत्कर्षमा पुगेका वेला राजावादीहरुले निकालेको प्रर्दशनबाट उत्साही प्रतिपक्ष काँग्रेसले पछिल्ला केही दिनदेखी सरकार विरुद्धको प्रर्दशनलाई शसक्त बनाउँदै लगेको छ । सत्तारुढ नेकपा भित्र उत्कृर्षमा पुगेको विवाद पार्टी विभाजनको जोखिमा पुगेको वेला कार्यकर्ताहरु पनि निराश देखिएको वेला सरकार विरुद्ध प्रतिक्षतिको विरोध चर्कदै लग्दा असन्तुष्टी र विरोधमा सहभागी सर्वसाधारणको उपस्थिती पनि बढेको छ ।