FLASH NEWS
  • Loading...

शिक्षक जिम्मेवार बन्नुस्– अध्यक्ष तिमिल्सिना

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १२३ पटक पढिएको
शिक्षक जिम्मेवार बन्नुस्– अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकलाई पनि जिम्मेवार भै दायीत्व पुरा गर्न निर्देशन दिएका छन ।

पर्वतको जलजला गाउँपालिका, ३ मल्लाज स्थित विद्याज्योती माविको ७१ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सीनाले शिक्षकलाई जागिरे मानसिकता त्यागेर पेशा प्रति जिम्मेवार हुन भनेका हुन ।

‘शिक्षक १०–४ मात्र होईन अतिरिक्त समय दिएरभएपनि विद्यार्थीको सिकाइमा सुधार ल्याउन पहल गर्नु पर्छ’ अध्यक्ष तिमिल्सीनाको थपे, ‘स्वअध्ययन र सूचना प्रबिधिको प्रयोग गरेर अध्यापन शिप बढाउन आवश्यक छ ।’

अध्यक्षा तिमिल्सिनाले विद्याज्योती माविले प्राबिधिक विषयको पठन–पाठन गर्न प्रक्रिया अघि बढाए सहयोग गर्ने प्रतिवद्धता मात्र गरेनन्, मिलनचोक–शालीजा र वारिबेनी–मल्लाज–लेकफाँट सडक कालोपत्रे गर्ने प्रतिवद्धता दोहो¥याए ।

कार्यक्रममा नेकपाका नेता लालबहादुर अधिकारी, नेपाली काँग्रेसका गाउँपालिका संयोजक चन्द्रबहादुर जि.सी र जलजला ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले जलजलाको पूर्वाधार, सामाजिक, शैक्षिक, स्वास्थ्य, लगायत क्षेत्रको विकासका लागि अध्यक्ष तिमिल्सीनाको ध्यानाकर्षण गराएका थिए ।