FLASH NEWS
  • Loading...

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार भेटियो , भ्याक्सिनले काम नगर्न पनि सक्ने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८२ पटक पढिएको
बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार भेटियो , भ्याक्सिनले काम नगर्न पनि सक्ने

बेलायतको केही भागमा कोरोना भाइरसको नयाँ प्रकार पाइएको छ, जुन तीव्र रुपमा फैलिरहेको छ ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककका अनुसार, कम्तीमा ६० अलग–अलग स्थानीय प्रशासनलाई उक्त नयाँ प्रकारका कोभिड संक्रमणका घटना प्राप्त भइरहेका छन् ।

उनले भने, विश्व स्वास्थ्य संगठनले यसलाई सूचित गरेको छ र बेलायतका वैज्ञानिकहरु पनि यसमाथि विस्तृत अध्ययन गरिरहेका छन् ।

यो रोग अझै बिग्रिन सक्ने र भ्याक्सिनले यसमाथि काम नगर्ने पनि हुनसक्ने उनले बताए ।

उनले भने, हाल हामीलाई भाइरसका एक हजारभन्दा अधिक मामला प्राप्त भइरहेका छन्, जुन विशेषगरी बेलायतको दक्षिणी भागमा देखिएका छन् । यस्ता घटना ६० अलग–अलग इलाकामा पाइएको छ । उनले थपे, यसका कारण हामीले तीव्र र निर्णायक कारबाही गर्नुपर्नेछ, जुन यस घातक रोगलाई नियन्त्रण गर्नका लागि जरुरी छ । यद्यपी यसका लागि भ्याक्सिन दिइरहेको छ ।

बेलायतका चीफ मेडिकल अफिसर प्रोफेसर भिटीका अनुसार, वर्तमानमा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणका क्रममा भाइरसको उक्त नयाँ प्रकारको पत्ता लागेको हो, जुन पछिल्लो केही हप्तामा विशेषगरी केन्ट र त्यसको आसपासका इलाकाहरुमा पाइएको थियो ।

सबैभन्दा कडा लकडाउन

यस सम्भावित खतरालाई मध्यनजर गर्दै बेलायतमा हालसम्मकै कडा लकडाउन लगाउने घोषणा गरिएको छ । लण्डनमा र विशेषगरी हार्टफोर्डशायका केही भागहरुमा बुधबारदेखि नयाँ नियम लागू गरिनेछ । एजेन्सी