FLASH NEWS
  • Loading...

म्याग्दीमा बलत्कारबाट ११ बर्षिया बालिका गर्भवती

  • पुनहिल डट कम
  • १४ घण्टा अघि
  • ४६४ पटक पढिएको
म्याग्दीमा बलत्कारबाट ११ बर्षिया बालिका गर्भवती

म्याग्दीकाे मालिका गाउँपालिका घर भै हाल बेनी नगरपालिका,२…. मा डेरागरी बस्ने ३७ बर्षिय झड्केलो बाबुको बलात्कारबाट ११ बर्षिया बालिका गर्भवती बनेकी छिन ।

झड्केलाे बाबुको बलात्कारबाट ११ बर्षिया छोरी गर्भवती भएको खुलेपछि प्रहरीले ति बलात्कारी पुरूषलाई पक्राउगरी अदालतको स्वीकृतिमा थुनामा राखी अनुसन्धान गरिरहेको जनाएको छ ।

स्थानीय आधारभुत विद्यालयमा अध्ययनरत ति बालिकाले पेट दुख्यो भनी विरामी भएपछि आमाले मंसिर १९ गते उपचाारकालागी बेनी अस्पताल पुर्‍याएकी थिएन । डाक्टरले चेकजाँच गर्दा बालिकाको गर्भमा करिव तीन महिनाको गर्भ रहेको खुलेको थियो । बालिका आमाले ५ बर्ष अघि दोस्रो विवाह गरेपछि पुरुषसँग बस्दै आएकी थिईन ।

‘आफ्नी झड्केली छोरी लाई बलत्कार गरी गर्भवती बनाएको जघन्य अपराधकाे घट्ना हामीले पनि ढिलोगरी थाहा पाएका हौं ।’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायवउपरिक्षक भरत श्रेष्ठले भने, ‘घट्नाको थथप अनुसन्धान गरिरहेका छौं । ’

आमाको संरक्षकत्वमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकाे बालिकाले जाहेरीमा उल्लेख गरे अनुसार ०८१ भदौ १२ गते डेरामै पहिलो पटक र त्यसपछि पटक–पटक बलात्कार गरेका थिए ।

ज्याला मजदुरी गर्दै आएका ति पुरुष एउटा मात्र डेरा कोठामा श्रीमति, बालिका र उनकी ६ बर्षिया बहिनी बस्दै आएका थिए । श्रीमान्बाट छोरी बलात्कृत भै गर्भवती भएको खुलेपछि पनि आमा र छोरी ति पुरुष विरुद्ध जाहेरी दिन आनाकानी गरेको बताईन्छ । हाल बलात्कृत बालिकाकाे अस्पतालमा उपचार भैरहेकाे छ ।

अनुसन्धानक्रममा ति पुरुषले प्रहरीसँगकाे प्रारम्भीक बयान र म्याद थपकालागी जिल्ला अदालतमा समेत ‘श्रीमान–श्रमति दुवैले मदिरा सेवनगरी राती सपरिवारसँगै सुतेको अवस्थामा श्रीमतिसँग यौनसम्पर्क गर्न खोज्दा झुक्किएर छोरीसँग यौन सम्पर्क हुन पुगेको’ बताएका थिए । तर ति पुरुषको प्रारम्भीक बयान बनावटी हुन सक्ने ठानेको र सोही अनुसार अनुसन्धान अगाडी बढेको जनाएको छ ।

जिल्ला प्रहरीमा दर्ता भएका जाहेरी/अदालतमा दर्ता भएका अभियोजनको तथ्याङकले धेरै बलत्कार र बलत्कार प्रयासका घट्नाका धेरै पीडित परिवारका सदस्य वा आफन्तैबाट बलात्कृत/पीडित हुने गरेका छन ।

जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्लो दुई बर्षमा जनिक नाताका हजुरबाबाट नातिनी, सहोदर दाईबाट बैनी, सहोदर कान्छाबाबुबाट भतिजी (छोरी) र ज्वाईबाट सासु बलात्कार भएका थिए । यी घट्रनाले बलत्कारका अधकांश घट्नामा अाफन्त, छिमेकी, चिनजानकाबाटै हुने गरेकाे खुलेकाे हाे ।

जिल्ला प्रहरीमा चालु आर्थिक बर्षको ७ महिनामा जर्वजस्ती करणीका ९ थान, जर्वजस्ती करणी उद्योगको एक थान जाहेरी दर्ता भएका छन । जोहरी दर्ता भएकामध्य जिल्ला अदालतबाट ७ थान मुद्धामा सफलता पाएको र ३ वटा मुद्धा प्रकृयामै रहेका छन ।

त्यसैगरी आव ०७९/०८० मा जर्वजस्ती करणीका ७ थान, जजक उद्योगमा एक थान, वालयौन दुरुपयोगको एक थान र अप्राकृतिक मैथुनका एक थान र गत आवमा जजकका ५ थान, जजकउद्योगका २ थान, बालयौन दुरुपयोगका ३ थान जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकोमा सवै मुद्धामा सफल भएको (अदालतले दोषी ठहर गरेको) थियो ।