म्याग्दीबाट अष्ट्रेलिया गै कर्मथलो बनाएका चेलीहरुको संस्था ‘वी केयर एण्ड लभ’ ले बेनीमा संञ्चालित वालगृहमा रहेका अनाथ वालवालिकालाई जाडोमा ओढ्न न्यानो ब्लान्केट सहयोग गरेका छन ।
नेपाल वाल संगठनद्धारा संञ्चालित वाल गृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक थानका दरले ब्लाङ्केट हस्तान्तरण गरिएको हो । बोतलको पुनः प्रसोधन गरी विक्रीबाट संकलन भएको आर्थिकबाट पहिलो समाजिक कार्यको शुभारम्भ गरिएको संस्थाले जनाएको छ ।
नेपाल वाल संगठनमा हालै नेपाल सरकारले नयाँ नेतृत्व मनोनयन गरेको छ । संगठनको म्याग्दी अध्यक्षमा समाजसेवी राजेश शाक्य चयन भएका हुन ।