- Loading...
मूल्यवृद्धि विरूद्धकाे वन्दमा विप्लवलाइ साथ
- पुनहिल डट कम
- ३ साल अघि
- ९७ पटक पढिएको
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दमा सर्वसाधारणाले साथ दिंदा म्याग्दीसमेत देशभर प्रभाव परेको छ ।
बन्दका कारण यातायातका साधनहरू चलेका छैनन् । बजार क्षेत्रका पसलहरू प्राय बन्द रहेका छन् । चोकहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । वन्द गराउन अायाेजक भने समाचार लेख्दासम्म बाहिर निक्लेका छैनन ।
पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुमा निरन्तर मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज देशभर बन्दको घोषणा गरेको हो । मूल्यवृद्धिबाट अाजित सर्वसाधारणले वन्द सफल बनाउन नैतिक समर्थन गरेकाेले विगतमा जस्ताे निजी सवारी साधन र ब्यवसायीले बन्द अवज्ञा गर्न तयान नभएका हुन ।
अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा खुला रहने र त्यसबाहेकका यातायातसहित व्यापार व्यवसाय, कलकारखाना तथा शैक्षिक संस्थाहरू लगायतका क्षेत्र बन्द आह्वान गरिएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।