- Loading...
मंसिर १७ देखि पालिका मुकामबाट मतदाता नामावली संकलन हुँदै
- पुनहिल डट कम
- २ साल अघि
- १५७ पटक पढिएको
जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बेनी नगरपालिका बाहेक सवै पालिकामा टाेली पठाएर मतदाता नामावली संकलन गनेर् भएकाे छ । कार्यालयले मंसिर १७ गतेदेखी २६ गतेसम्म १० दिन अन्नपूर्ण, मालिका र धवलागिरी गापा केन्द्रमा टाेली रहेर पालिकाभरीका छुटेका र उमेर पुगेका मतदाताकाे नामावली संकलन गर्ने छ ।
त्यसैगरी रघुगंगा र मंगला गापामा मंसिर २९ देखी १० दिन त्यसरी नै टाेली रहेर मतदाता नामावली संकलन गर्ने कार्यालयले जनाएकाे छ । बेनी नपामा भने कार्यालय र प्रशासन कार्यालयबाट अध्यावधी गरिने छ ।
जिल्ला निर्बाचन अधिकारी भिम प्रसाद घिमिरेका अनुसार मतदाता नामावली संकलन गर्न पालिकामा खटिने टाेली पालिका मुकाम बाहेक अन्य वस्तीमा भने पुग्ने छैनन । मतदाता अाफै परिचय र याेग्यता खुल्ने प्रमाण लिएर टाेली समक्ष पुग्नु पर्ने छ ।
अाइतवार बेनीमा निर्वाचन कार्यालय म्याग्दीले मतदाता नामावली संकलन अभियान बारे जानकारी दिन अायाेजना गरेकाे जानकारीमुलक कार्यक्रममा धवलागिरी, अन्नपुर्ण गापाका प्रमुख प्रशासकीय अधिकृत गाेपाल शर्मा र सुरणप्रसाद शर्मा समेत सहभागीले पालिका केन्द्रमा मात्र बस्दा दुर्गमका मतदाता नामावली दर्ता गराउन छुट्ने भएकाेले पालिकाकै खर्चमा भएपनि वस्ती सम्म टाेली खटाउन अाग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला न्यायाधिस तेजनारायण पाैडेलले भने ‘भाेट चाहिने पनि दललाइ हाे, त्यसैले दलहरूले मतदाता खाेजेर मतदाता नामावलीमा समावेश गराउने पहिलाे दायीत्व पनि दलले लिनु पर्छ,’ पाैडेलले थपे, ‘मतदान गर्ने याेग्यता नागरिकता हाेइन, मतदाता नामावली र मतदाता परिचय पत्र हाे । अाफ्ना मतदाता खाेज्ने याे दललाइ अवसर पनि हाे । कर्मचारीलाइ भन्दाबढी चासाे दलले नै लिन अावश्यक छ ।’