FLASH NEWS
  • Loading...

पिसाब फेर्न जाँदा नवलपरासीकाे भीरबाट लडेर मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२६ पटक पढिएको
पिसाब फेर्न जाँदा नवलपरासीकाे भीरबाट लडेर मृत्यु

पिसाब फेर्न जाँदा भीरबाट खसेर २७ वर्षीया भारतीय युवतीकाे नेपालकाे नवलपरासी पूर्वमा मृत्यु भएकाे छ ।

साेमबार दिउसाे १२ः२५ काे समयमा  नवलपरासी पूर्वकाे विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा साे घटना भएकाे हाे ।

दाउन्नेस्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ७६ एसएल २५१० कारमा सवार ५ जना मध्ये भारतकाे उत्तर प्रदेश बस्ने २७ वर्षीया शान्ती श्री पिसाब फेर्न भनि सडकको ढिक साईडमा जाने क्रममा भिरबाट अन्दाजी १०० मिटर तल खस्दा घाईते भएकी थिइन् ।

सडकबाट खसेर घाइते भएकी उनकाे उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हाे ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।