- Loading...
जाडोमा ‘सिस्नु खाएकै जाती’
- पुनहिल डट कम
- १ साल अघि
- २१३ पटक पढिएको
सिस्नु थोरैको भान्सामा पाक्ने स्वादिष्ट, स्वास्थ्यवर्दक तरकारी/ हरियो सुप हो । गरिवको खाना भनेर अपहेलित, उपेक्षित र तीरस्कृत सिस्नु हिजोआज सहिरिया एवं धनीहरुको भान्सामा पाक्न थालेको छ ।
खासगरी डाईविटिजका विरामीले खोजी–खोजी खान थालेपछि वहुउपयोगी अर्गानिक जंगली वनस्पती सिस्नुको माग बढ्दो छ । होटल, रेष्टुरेन्टको मिन्युमा सिस्नु परिकार थपिएका छन ।
नेपालमा मात्र होईन अमेरिका लगाएत विकसित देशहमा पनि सिस्नु ‘नेटल सुप’ को रुपमा खाने गर्छन । अमेरिकी र युरोपियनहरु सिस्नुको मुन्टालाई आलु, प्याज, लसुन, गाजर राखी पकाएपटि ग्लाण्डरमा पिंधेर सुप बनाई नुन, मरिच र क्रिम हालेर नेटल सुप खाने गर्छन ।
‘नेपालका हामी लेकाली गाउँमा मात्र सिस्नु खान्छन होला भन्ने लाग्थ्यो । यहाँ अमेरिकामा पनि सिस्नु खाने रहेछन’ अमेरिकाको क्लोराडो बस्दै अाएकी मायाँ पुनले भनिन, ‘हामीले गाउँमा पकाउने तरिका भन्दा यहाँ अलि फरक तरिकाले र स्वादमा खाने चलन रहेछ ।’
सादा सुपको रुपमा तथा मास, सिमी लगाएतका दालमा मिलाएर प्रयोग गर्न सकिने सिस्नुको सुपले शरिरमा गर्मी बनाउने जाडो मौषममा खानु उपयुक्त हुन्छ । सिस्नुको सुप स्वादिलो र प्रोटिनको राम्रो श्रोत भएपनि टिप्न बाक्ला काँडाले च्वात्त पोल्ने हुंदा बनाउन कठिन छ ।
सिस्नु मान्छेले मात्र होईन परम्परादेखी नै दुधाली गाईभैसीलाई पनि पोसिलो आहाराको रुपमा सिस्नु खुवाउने गरिथ्यो । सिस्नु एक दिन घाममा सुकाएपछि सिस्नु दुधालु गाई, भैसीलाई खुवाउँदा दुध धेरै दिने, दुधमा तर बाक्लो लाग्ने हुन्छ । सिस्नुको फुल र जराको कुटेर खुवाउँदा कुखुराले बढी अण्डा दिने, माशु उत्पादन बढ्नेहुँदा बंगुरलाई पनि खुवाउने चलन छ ।
सिस्नु पूर्ण आर्गनिक खाद्य हो । खाद्य प्रविधी तथा गुण नियन्त्रण बिभागको नमुना विश्लेषण प्रतिवेदनमा उल्लेख भए अनुसार सिस्नुमा २३ प्रतिशतबढी फलाम तत्व, २४.५ प्रतिशत कुड प्रोटिन, क्रुढ फाईवर ८ प्रतिशत, क्रुड फ्याक्ट १.५ प्रतिशत, जलांशं ९.८५ प्रतिशत पाइने उल्लेख छ ।
लाग्दो कात्तिकदेखी सिस्नु टिप्ने ‘पिक सिजन’ सुरु भएसँगै लेकाली वस्तीमा सिस्नु पाउद्धर उत्पादन गर्नेहरु मात्र होईन प्राय: सवै घरका गृहणीहरु चिम्टा र डालो बोकेर खेतबारी र जंगल–जंगल सिस्नुको मुन्टा टिप्ने गर्छन । जाडो सिजनमा सिस्नुको सुप खाईन्छ ।
सिस्नुको दुई वटा भाग बढी खाईन्छ । कलिलो मुन्टा र फुल । कलिलो सिस्नु मुन्टा टिपेर ल्याएपछि राम्रोसंग पखालिन्छ । पखालेको मुन्टालाई ताप्के वा गहिरो भाँडोमा राखेर नुन हाली पकाईन्छ । एकापट्टीपाकेपछि त्यसलाई डाडुले फकाईन्छ र फेरी पकाईन्छ । राम्ररी पाकेपछि डाडुले विस्तारै घोटिन्छ र लेदो बनाईन्छ । टिमुर, लसुन, प्याज र आवश्यकता अनुसार मसलाराखी तातोपानी हालेर केही वेर पकाएपछि सिस्नु सुप तयार हुन्छ ।
सिस्नु ठुलो हुँदा लरालरापरी स–साना दानादार भै फुल्छ । त्यही फुल टिपेर ल्याएपछि घाममा सुकाई धुलो बनाईन्छ । हिलोअजा सिस्नुको कलिला मुन्टालाई पनि सुकाएर धुलो बनाई प्रयोग गर्ने चलन बढेको छ । सिस्नुमा औषधीय गुण हुने भएकोले पछिल्लो समय सहरी उपभोक्ताको आर्कषण बढेको हो । सिस्नु मधुमेह, मुटुरोगका विरामीले बढी खोज्ने गरेका छन । गर्भवती महिलाले सिस्नु सुप खाँदा आईरन समेतको तत्व पाईन्छ ।