- Loading...
लाेकतान्त्रिक पुस्ताका विद्यार्थी संगठनमा अप्रजातान्तिक टिके नेतृत्व
- पुनहिल डट कम
- ३ साल अघि
- १३७ पटक पढिएको
लाेकतान्त्रिक युगमा जन्मि हुर्केका युवा,विद्यार्थीहरूले अा–अाफ्रना संगठनमा प्रजातान्त्रिक संस्कार र पद्धतिबाट नेतृत्व चयन गर्ने विरासत गुमाउँदै गएका छन ।
नेपालका दुई ठूला विद्यार्थी संगठनको नेतृत्व महिलाहरूले गर्दैछन्। नेपालका कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन महिला नेतृको काँधमा पुगेको हो। २ असोजमा नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल नियुक्त भइन्।
यस्तै नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा आइतबार पञ्चा सिंह नियुक्त भएकी छन्।
यद्यपी, दुवै नेतृत्व खुला प्रतिस्पर्धाबाट भन्दा नियुक्तिको प्रक्रियाबाट संगठनको नेतृत्वमा पुगेका हुन् । परिवर्तनका बाहक युवा विद्धार्थीकाे नेतृत्व टिके बन्र थालेपछि विद्यार्थी अान्दाेलनकाे विरासत भुत्ते बन्दै गएकाे देखिन्छ ।
यसअघि एमाले निकट विद्यार्थी संगठनमा दुई पटक महिला नेतृत्वमा पुगेका थिए। २०६५ मा रामकुमारी झाँक्री अध्यक्ष भएकी थिइन् । उनी नेपालको समग्र विद्यार्थी आन्दोलनलाई नै नेतृत्व गर्ने पहिलो महिला नेतृ थिइन्। यसैगरी २०७२ मा नविना लामा अध्यक्ष भएकी थिइन्। दुवै नेतृ निर्वाचनमार्फत अध्यक्षमा चयन भएका थिए । तर अहिले बराल र सिंहले भने अध्यक्षको सोपान नियुक्तिमार्फत चढेका छन्।
दुई कम्युनिष्ट पार्टीमा मात्रै होइन देशकै पुरानो एवंम प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको विद्यार्थी संगठनको नेतृत्व पनि पार्टी सभापतिले चयन गरेका थिए। २०७६ मा नेपाल विद्यार्थी संगठनको अध्यक्ष बनेका राजिव ढुंगाना पार्टी सभापतिको निगाहमा संगठनको अध्यक्ष नियुक्त भएका हुन्।
विद्यार्थी संगठनमा मात्रै नभई पार्टीका संगठनको नेतृत्वमा पनि नियुक्त प्रथा बढ्दो छ। यसले नेपालका राजनीतिक दल लोकतन्त्रप्रति कति प्रतिवद्ध छन् भन्ने देखाउँछ। लोकतन्त्रको सुन्दर पक्ष भनेको विवादित विषय पनि बहुमतले पारित गर्नु हो। तर, नेपालका राजनीतिक दलका नेतृत्वले बहुमतको आधारमा भन्दा आफ्नो निर्णय पार्टी उपर थोपर्ने गरेको पाइन्छ।
बहुदलीय लोकतन्त्रका आधार स्तम्भ राजनीतिक पार्टीहरू हुन् भने पार्टीहरूको आन्तरिक लोकतान्त्रिक अभ्यासको सुनिश्तिता लोकतन्त्र फस्टाउने आधार हो पार्टीभित्रको आन्तरिक लोकतन्त्रले मात्रै लोकतन्त्रलाई सुदृढ बनाउने भए पनि नेपालको हकमा त्यो कार्यान्वयन भएको पाइदैन। पार्टीहरूले आफूलाई लोकतान्त्रिक भएको दाबी गर्दै गर्दा व्यवहार भने त्यस अनुरुप नभएको पाइन्छ।
नेपाली कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्दै गर्दा लोकतन्त्रका रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको आरोप पार्टीकै नेताहरूले लगाउने गरेका छन्। पार्टी नेतृत्वलाई आरोप लगाउने क्रममा पार्टीका नेताहरू लोकतान्त्रिक मूल्य मान्यता अनुसार पार्टी चल्न नसकेको बताउँछन्।
लोकतन्त्रप्रति आफू प्रतिवद्ध रहेको बताउने नेपालको अर्को राजनीतिक दल हो नेकपा एमाले। देशकै सबैभन्दा ठूलो पार्टीमा लोकतान्त्रिक अभ्यास भने कम्जोर रहेको पार्टीकै नेताहरू बताउँछन्।
नेकपा माओवादी पार्टीको लोकतान्त्रिक विधिप्रतिको विश्वासमा अन्य पार्टीका नेताले समेत प्रश्न उठाउने गरेका छन्। माथि उल्लेखित दुई पार्टीमा महाधिवेशनबाट पार्टी नेतृत्वको चयन भए पनि माओवादीमा त्यस्तो नभएको उनीहरूको आरोप रहने गर्छ। २०६९ मा हेटौँडामा भएको सभालाई माओवादी पार्टीका नेताले महाधिवेशनको संज्ञा दिए पनि नेतृत्व र अन्य पदाधिकारी निर्वाचनमार्फत चयन नभएको आरोप पार्टीमाथि छ।