FLASH NEWS
  • Loading...

दशैंमा चेलुक/च्याङ्ग्राकाे मासु सामान्य परिवारकाे पहुँच बाहिर

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०३ पटक पढिएको
दशैंमा चेलुक/च्याङ्ग्राकाे मासु सामान्य परिवारकाे पहुँच बाहिर

दशैं सुरु भएसँगै दशैंलाई लक्षित गरि यस वर्षपनि मुस्ताङ्गबाट चेलुक/च्याङ्ग्रा झार्न थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार दशैंमा मुस्ताङबाट ८ हजार हाराहारी चेलुक/च्याङ्ग्रा बजार झर्ने अनुमान छ ।
मुस्ताङमा बर्षेनी चेलुक/च्याङ्ग्रा उत्पादन घट्दै गएको र कोरोला नाका बन्दहुँदा तिब्बती चेलुक/च्याङ्ग्रा आयात रोकिएकोले संख्या घट्दा मुल्य आकाशिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको अभिलेख अनुसार गत वर्षभन्दा चार हजार चेलुक/च्याङ्ग्रा थोरै आएका छन । मुल्यबढेपछि धितमरुन्जेल मासुभात खाने चाड दशैंमा सामान्य परिवारले मुस्ताङ्गी चेलुक/च्याङ्ग्राको मासुको खान नसक्ने अवस्था आएको छ ।
‘तातोपानी नाका खुल्छ र तिब्बती चेलुक/च्याङ्ग्रा आउँछन भनेर उता गएँ । तातोपानी खुलेन, मुस्ताङ नाका खुल्छ भनेर यता आएको । मुस्ताङको (कोरोला नाका) पनि खुलेन । तिब्बती खसी नआउँदा एउटै खसीमा १०–१५ हजारसम्म उपभोक्तालाई महंगो परेको छ’ काठमाण्डौको खसी बजारमा लैजान आएका सिन्धुपाल्चोकका ब्यापारी वच्चु तामाङले भने, ‘यता खसीको मुल्य अत्यधिक महंगो पर्‍यो । आर्थिक मन्दीको कारण उपझोक्ताको त्रयशक्ती घटेकोले माशु विक्रि नहोला कि भन्ने डर लागेको छ । खाली कसरी फर्कनु भनेर ६०–७० वटा मात्र ल्याएर आएको छु ।’


मुस्ताङहुँदै आउने चेलुक/च्याङ्ग्राको संख्या घट्दा मुल्य आकासिएको छ । ब्यापारीका अनुसार गत वर्षभन्दा यो वर्ष प्रति चेलुक/च्याङग्रामा ७–१० हजारसम्म मुल्य बढी परेको छ । लोघेकर–दामोदरकुण्ड गाउँपालिका, १ चराङबाट च्याङ्ग्रा बेच्न ल्याएका कृषक/ब्यापारी नाम्ग्याल गुरुङले जोमसोममै रोजा प्रतिगोटा ५५ हजार मुल्य पर्ने च्याङ्ग्रा बजारमा पुर्‍याउँदा ५७–६० हजारसम्म पुग्ने बताए । मुस्ताङ्गी भनिएपनि डोल्पाबाट पनि तीन हजार चेलुक/च्याङ्ग्रा यही बाटो भएर आएका छन । मुस्ताङ सीमावर्ती क्षेत्रबाट बर्षेनी डोल्पा चेलुक/च्याङ्ग्रा आउने गर्छन ।
लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका अनुसार चार वर्ष उपल्लो मुस्ताङमा धेरै दिनसम्म परेको बाक्लो हिउँमा परिएर ८ हजारबढी चेलुक/च्याङ्ग्रा मरेकोले मुस्ताङको उत्पादन घटेको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्र भित्र ३०० बढी चेलुक/च्याङ्ग्रा पाल्ने १३ वटा गोठ सूचिकृत छन । थप ५०–१०० वटासम्म पाल्ने १० परिवार छन ।
‘युवा पुस्ता पशु पालनमा आर्कषित छैन । चेलुक/च्याङ्ग्रा पाल्ने गोठको संख्या घटेको छ । फेरी चार बर्षअघि हिमपातमा पुरिएर हजारौं चेलुक/च्याङ्ग्राको उत्पादन घटेको हो’ चराङ स्थित पश्मिना उत्पादन च्याङ्ग्रा फार्म उपभोक्ता समितिकी अध्यक्ष मायाँ विष्टले भनिन, ‘पश्मिनाकालागी पालेका भएपनि हाम्रो फार्मबाट दुई बर्षपछि माशुजन्य च्याङ्ग्रा उत्पादन हुन्छ । हिउँबाट बचाउन २ रोपनी क्षेत्रफलमा खोर बनाएका छौं । यो नमुना हो, अन्य कृषकलाई पनि उत्प्रेरित गरिरहेका छौं ।’
मुस्ताङको लोमन्थाङ, लोघेकर दामोदरकुण्ड र वाहृगाउँमुक्ति क्षेत्र गाउँपालिकाका क्षेत्रमा मात्र चेलुक/च्याङ्ग्रा पाल्ने गरिन्छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङलले स्थानीय कृषकहरुसँगबाट लिएको मौखिक तथ्याङक अनुसार लोमन्थाङबाट २ हजार, लोघेकर दामोदरकुण्डबाट २ हजार र वारागुङमुक्ति क्षेत्र गाउँपालिकाबाट ३ हजार र डोल्पाबाट एक हजार हाराहारीमा चेलुक/च्याङ्ग्रा तल झर्दैछन ।
‘हामीले अगुवा कृषक, कृषक समुह र ब्यापारीहरुसँग लिएको अनौपचारिक तथ्याङ्कमा यो वर्ष ८ हजारजति चेलुक/च्याङ्ग्रा दशैंकालागी बजार झर्दैछन’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख पशु चिकित्सक लालमणी आचार्यले भने, ‘मुस्ताङबाट बजार झार्ने चेलुक/च्याङ्ग्राको हेर्दा देखिने तहको आधारभुत क्वारेन्टाईन (स्वास्थ्य परिक्षण) गरिएकोछ । शुक्रवारसम्म ५ हजार खसीको निरोगिताको प्रमाण पत्र लगेका छन ।’