- Loading...
कोरोनाको कारण बेनीमा एक बृद्धको मृत्यु, छुट्टै तीन जनामा कोरोना पुष्टी
- पुनहिल डट कम
- ४ साल अघि
- १७९ पटक पढिएको
सदरमुकाम बेनीका एक ब्यवसायीक घरानाका ८० बर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पारिवारिक श्रोतका अनुसार लक्षणको आधारमा बृद्धको मृत्युपछि स्वाव परिक्षण गर्दा कोरोना पुष्टी भएको हो । कोरोना संक्रमितको शव परिवारलाई जिम्मा नदिने भएको नेपाली सेनाको विशेष टोलीले दाहसंस्कार गर्ने छ ।
स्वास्थ्य मन्त्रालयले मृत्युको कारण पुष्टी गरेको छैन । बेनी नगरपालिका, ७ का ति बृद्धको विहिवार मध्यान्न ३ बजे हेलिकोप्टरबाट काठमाण्डौ ग्राण्डी अस्पताल पुर्याईएपनि भर्ना गर्न नपाई डाक्टरले मृत्यु घोषणा गरेको पारिवारिक श्रोतले जनाएको छ ।
त्यस्तै शुक्रवार सदरमुकाम बेनी बजारका थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय बेनीका अनुसार बेनी नगरपालिका, ७ का ५४ बर्षिय पुरुष, बेनी नपा, ८ का अर्का ५४ बर्षिय पुरुष र बेनी नगरपालिका, ९ घर भै बेनीमा सार्वजनिक यातायात चालक २१ बर्षिय पुरुषमा कोरोना पुष्टी भएको हो । तीन जना नै कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका ब्यक्ति हुन ।