- Loading...
कोरला नाकामा कात्तिक १४ गतेबाट अध्यागमन खुल्दै
- घनश्याम खड्का
- ३ हप्ता अघि
- १०२ पटक पढिएको
क्याप्सन : हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेगमा पर्ने लोमन्थाङ गाउँपालिका, १ नेचुङ स्थित कोरला नाकामा निर्मित नेपाली प्रिफ्याव प्रविधीको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट भवन ।
उपल्लो मुस्ताङको लोमन्थाङमा पर्ने नेपाल–चीन विचको २४ नम्बरको सीमास्तम्भ रहेको कोरला नाकामा कात्तिक १४ गतेदेखी अध्यागमन कार्यालय तथा सुरक्षा पोष्ट संञ्चालन तयारी भएको छ ।
लोमन्थाङ गाउँपालिका, १ नेचुङमा पर्ने कोरला नाकामा स्थापित अध्यायगमन कार्यालयको कात्तिक १४ गते विहान गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने मिती तय भएको मुस्ताङ स्थित सुरक्षा अधिकारीहरुले जनाएका छन ।
‘अर्को निर्णय भएन भने कात्तिक १४ गते वुधवार विहान कोरला नाकामा स्थापित अध्यागमन कार्यालयको गृहमन्त्री ज्यूबाट उद्घाटन गर्ने तयारी भैरहेको छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले भने, ‘सीमापारको जस्तो भौतिक पूर्वाधार निर्माण भैनसकेको भएपनि कोरला नाकालाई ब्यवस्थित गर्न हाम्रै अवस्थाको अध्यागमन कार्यालय संञ्चालन हुँदैछ । यसवाट कोरला सुख्खा वन्दरगाहबाट हुने पारवहन सहज र ब्यवस्थित हुने छ ।’
जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
कोरोला नाकामा चिनियाँ भन्सारको आमने–सामने निर्मित प्रिफ्याव प्रविधीको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना भएको छ । भवनमा दशैं अघिमात्र केन्द्रीय विधुतीकरण र उच्चगतिको इन्टरनेटसहितको मोवाईल फोन संञ्चालनमा ल्याईएको थियो । भवन गण्डकी प्रदेश सरकारले निर्माण गरेको हो ।
नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट वोर्डले कोरोला नाकामा दशगजा छोडेर १ हजार रोपनी र १२ किलोमिटर तल नेचुङमा गरी दुई स्थानमा भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागत अनुमान (डिपिआर) बनाएको थियो । र सोही डिपिआर कार्यान्वयन गर्ने क्रममा पहिलो चरणमा विधुत र संञ्चार सुविधा पुर्याईएको हो ।
चीनियाँ पक्षले भने दशगजा छोडेर आधुनिक सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, कर्मचारी आवस गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा प्रन्ध गाएतका पूर्वाधार खडा गरिसकेको छ ।
समुद्र सतहदेखी ४ हजार ६ सय ५० मिटर उचाईमा अवस्थित सिल वोर्डर कोरोला नाका ०८० कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र नेपालको मुस्ताङका तत्कालिन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाकाको औपचारिक उद्घाटन गरेका थिए ।
नेपाल–चीन वीच ०७५ सालमा हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने खुल्ला भए पनि कोरोला नाकामा अहिले स्न १९८१ को नेपाल–चीनबीच ब्यापार सम्झौता अनुसार सीमाबाट मुस्ताङका लोमन्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकावासीले मात्र सीमा वारपार गरी सामान किनवेच गर्दै आएका छन । नेपाली अध्यागमन स्थापना भएपछि सवै नेपालीले पास लिएर कोरला सीमा वारपार गर्न पाउने छन ।
गण्डकी प्रदेशको लाइफलाईन मानिएका कोरला नाकामा बन्ने सुख्खा बन्दरगाहबाट हुने पारवाहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्ड योग्य सडक निर्माणमा ढिलाई भैरहेको छ । अहिले बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडक ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा निर्माण भैरहेको छ ।
पोखराबाट भुपी शेरचन मार्गहुँदै म्याग्दीको बेनी पुगेपछि कालीगण्डकी नदी पछ्याउँदै हिमालय श्रृखलालाई दक्षिण पारेर उकालो लागेको छ, बेनी–जोमसोम–लोमन्थाङ–कोरला राजमार्ग । कोरला नाकासँग जोडिन ५ नम्बर प्रदेशको वुटवल र ६ नम्बर प्रदेशको रुकुमबाट पस्ने मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर राजमार्ग भएर मालढुङ्गा जोडिएपछि म्याग्दी बेनीहुँदै कोरला नाका तर्फ उकालो लाग्छन ।