Trends
Breaking News (1601)Travel (16)अर्थतन्त्र (410)आजको मौषम (207)कला संस्कृति (278)कृषी/ब्यवसाय (156)खेलकुद (253)जीवनशैली (74)देश (1216)पर्यटन (265)पुनहिल टि.भी. (30)फोटो ग्यालरी (115)मुख्य समाचार (2205)मोनागतिविधि (65)म्याग्दी (1703)राजनिती (178)विचार (5)विचार/अन्तर्वार्ता (50)विश्व (151)सडक (15)सूचना प्रबिधि (93)सौन्दर्य (10)स्कुल / विद्यार्थी (300)स्वास्थ्य / वातावरण (662)हाम्रो समाजमा (104)
FLASH NEWS
- Loading...
‘हामीलाई पूर्ण विश्वास छ, नेपाल छिट्टै समृद्ध बन्नेछ’
- पुनहिल डट कम
- ५ साल अघि
- २०६ पटक पढिएको
सन् १९६० मा नेपाल भ्रमणमा आएका तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले संसदका दुवै सभामा गरेको सम्बोधन
(सन् १९६० को अप्रिलमा चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाई दोस्रो पटक नेपाल भ्रमणमा आएका थिए । सोही क्रममा उनले अप्रिल २८ मा तत्कालीन संसद्का दुवै सभा (महासभा र प्रतिनिधी सभा) को संयुक्त बैठकमा सम्बोधन गरे । उनको सम्बोधन मन्तव्य चिनियाँ पत्रिका ‘पेकिङ रिभ्यु’को ३ मे १९६० को अंकमा प्रकाशित भएको थियो । चिनियाँ राष्टपति सी चिनफिङ नेपाल आउँदै गरेको सन्दर्भ पारेर हामीले सात दशकअघिको त्यही मन्तव्यको नेपाली अनुवाद प्रकाशित गरेका छौं । – सम्पादक)
सम्माननीय अध्यक्षज्यू, सम्माननीय सभामुखज्यू र संसद्का माननीय सदस्यहरु,
तीन वर्षपछि हाम्रो नजिकको छिमेकी नेपालको भ्रमणमा आउन पाउँदा र यो संसद्को संयुक्त सभामा माननीय समक्ष आफ्ना विचार राख्न पाउँदा मैले सम्मान र हर्षको अनुभुति गरेको छु । म महामहिम प्रधानमन्त्री (विश्वेश्वरप्रसाद) कोइरालालाई मलाई निमन्त्रणा गर्नुभएकोमा र श्री ५ को सरकारलाई मेरो न्यानो सत्कार गर्नुभएकोमा हृदयदेखि नै धन्यवाद दिन्छु । मलाई यो बुलन्द रोष्ट्रमबाट बोल्ने मौका दिनुभएकोमा सम्माननीय अध्यक्षज्यू र सम्माननीय सभामुखज्यूलाई हार्दिक धन्यवाद दिन्छु । र तपाईंहरु सबैको न्यानो स्वागतका लागि म र मेरा मित्रहरुको तर्फबाट धन्यवाद टक्र्याउँछु ।
चीन र नेपाल दुवै प्राचीन र अहिले पनि युवा देशहरु हुन् । लामो समयदेखि हाम्रा जनताबीच परम्परागत मित्रता स्थापित भएको छ । हामीबीच औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएयता हामीले कुनैबेला टुटेको हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई पुनस्र्थापित मात्र गरेका छैनौं बरु शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्तमा आधारित नयाँ छिमेक सम्बन्ध पनि स्थापना गरेका छौं । हालैमात्र गरिएको सीमासम्न्धी चीन–नेपाल सम्झौता र आर्थिक सहयोग सम्बन्धमा चीन–नेपाल सम्झौतासँगै हाम्रो मैत्रीपूर्ण सहकार्यको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ । हामीले देशहरुबीच र फरक सामाजिक व्यवस्थाहरुबीच स्थापना हुनसक्ने शान्तिपूर्ण सहअस्तित्वको उदाहरण कायम गरेका छौं भन्दा पक्कै पनि अतिशयोक्ति हुनेछैन । यसका लागि दुवै देशका सरकार र जनता धन्यवादका पात्र बनेका छन् ।
चीन र नेपाल दुवैले आफ्नो देश निर्माण गर्नुपर्ने कठिन जिम्मेवारी सामना गरिरहेका छन् । हामीले निकै गहिराइपूर्वक महसुस गरेका छौं, हामी अफ्रिकी र एसियाली देशहरु आर्थिक रुपमा स्वाधिन हुनसके मात्र राजनीतिक स्वाधिनतालाई समृद्ध बनाउन सक्छौं र हाम्रो स्वाधितनालाई पूर्ण सुनिश्चित बनाउन सक्छौं ।
आजसम्म पनि हामी दुवै देशहरु आर्थिक रुपमा पछि नै छौं र निर्माणको मामिलामा अनुभवहीन छौं । यो वस्तुगत परिस्थितिले हामीले एक अर्कालाई सहयोग गर्नुपर्ने र आर्थिक सुदृढीकरणका लागि हाम्रो सहकार्यलाई अझ बलियो बनाउनुपर्ने बोध गराउँछ । एसियाली र अफ्रिकी देशहरुमध्ये कुनै एकको पनि राष्ट्रिय अर्थतन्त्रको विकास हुनु अरुका लागि उत्साह र साथ हो । यही भावनाका साथ चिनियाँ जनताले अन्य एसियाली र अफ्रिकी देशसँग आर्थिक सहकार्यलाई बलियो बनाइरहेका छन् । हामीलाई पूर्ण विश्वास छ, नेपाल पनि छिट्टै नै समृद्ध र सुदृढ बन्नेछ । अन्य एसियाली र अफ्रिकी मुलुकको जस्तै नेपालको समृद्धि र सुदृढता पनि हाम्रो देश चीनका लागि शक्तिशाली आड बन्नेछ ।
चीन र नेपाल दुवै शान्तिप्रिय देश हुन् जसले स्वाधिनता र स्वतन्त्रताको कदर गर्छन् । आफ्नो संविधानको प्रस्तावनामा चिनियाँ जनताले आफ्ना ईच्छाहरुलाई कानूनी रुपमै उद्घोष गर्दै उल्लेख गरेका छन्, ‘अन्तर्राष्ट्रिय मामिलामा हाम्रो स्थिर र दृढ नीति विश्व शान्ति र मानव जातिको उन्नतिका लागि निरन्तर प्रयत्न गर्ने हुनेछ ।’
एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा साम्राज्यवाद र उपनिवेशवादका विरुद्ध एवं राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर आन्दोलनहरु उठिरहेका छन् । ती आन्दोलनको परिणमस्वरुप एकपछि अर्का नयाँ राज्यहरुको निर्माण भईरहेको छ । यी आन्दोलनहरुलाई हामी प्रसन्नतापूर्वक कदर गर्छौं ।
संसारैभरी उठेका राष्ट्रिय मुक्ति आन्दोलनहरु र संसारैभरीका शान्तिप्रिय देश र जनताको भगीरथ प्रयत्नको परिणामस्वरुप विश्व परिस्थितिमा केही हदसम्म तनाव कम भएको छ । विश्व शान्तिका निम्ति प्रयत्न गरिरहेका शक्तिहरु निकै बलिया छन् जसले गर्दा पश्चिमा देशहरुले पनि शान्तिको वातावरण बनाइरहन परिरहेको छ । विश्व शान्तिको विजयको सम्भावनाका लागि आजको जस्तो अनुकुल वातावरण कहिले पनि तयार भएको थिएन भन्न सकिन्छ । यो परिस्थितिका कारण हामी दुई देशका जनता र संसारैभरका शान्तिकामी जनता धन्य र उत्साहित छौं ।
यो सुखद वातावरण हुँदाहुँदै पनि हामी केमा सजग हुन जरुरी छ भने आक्रामक साम्राज्यवादी वृत्तले एकातिर शान्तिको नारा लगाइरहेछ भने अर्कोतिर सैन्य शक्ति र युद्ध तयारी पनि बढाइरहेको छ । सैन्य गठबन्धन बढाउने, सैन्य आधारहरु खडा गर्ने र सैन्य ब्लकहरु बलियो बनाउने काम उनीहरुले गरिरहेकै छन् । र अन्तर्राष्ट्रिय मामिलाका मुख्य विषयहरुमा पूर्व र पश्चिमको सम्झौता रोक्न पनि उनीहरुले भरपुर प्रयत्न गरिरहेछन् । हामीले विशेष ध्यान दिनैपर्ने तथ्य के हो भने, पछिल्लो विश्व युद्ध हाँकेका सैन्य शक्तिहरु फेरी जागिरहेका छन् । उनीहरुलाई आक्रामक साम्राज्यवादी वृत्तले प्रोत्साहन गरिरहेका छन । यो विश्व शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती हो ।
यी सबै परिस्थितिले विश्व शान्तिलाई जोगाइराख्नु आज पनि कठिनतम काम हो भन्ने जनाउँछन् । त्यसैले संसारैभरीका शान्तिप्रिय देश र जनताले आफ्नो ऐक्यबद्धतालाई अझ बलियो बनाउन, त्यसमा धाँजा पर्न नदिन जोड दिनुपर्ने भएको छ ।
नेपालको श्री ५ को सरकारले तटस्थताको स्वाधीन नीति अपनाउने, कुनै सैन्य शिविरमा सहभागी नहुने र शान्तिपूर्ण सहअस्तित्वको पञ्चशीलको सिद्धान्त अपनाउनेबारे आफ्नो प्रतिबद्धता बारम्बार दोहोर्याइरहेको छ ।
श्री ५ को सरकारको यो नीतिलाई चिनियाँ सरकार र जनताले न्यानो स्वागत र पूर्ण समर्थन गर्छन् । यो नीति केवल नेपालको शान्तिपूर्ण विकास र पञ्चवर्षीय योजनाको सफल कार्यान्वयन अनुकुल मात्र छैन बरु एसियाली देशहरुको ऐक्यबद्धता कायम राख्न र विश्व शान्ति स्थापना गर्न पनि अनुकुल छ । विश्व शान्तिको रक्षा र एशियाली तथा अफ्रिकी देशहरुसँग ऐक्यबद्धता र मैत्रीपूर्ण सहकार्यलाई निरन्तरता दिन चिनियाँ सरकार र जनता श्री ५ को सरकार र नेपाली जनतासँग ऐक्यबद्धता बलियो बनाउन ईच्छुक छन् ।
मेरो मन्तव्य टुंगाउँदै म पुनः एकपटक हृदयदेखि नै आभार व्यक्त गर्दछु । तपाईंहरुको स्वागतका लागि धन्यवाद । हामीलाई गरिएको सत्कारका लागि श्री ५ को सरकारलाई धन्यवाद । चीन–नेपाल मित्रता जिन्दावाद !

यो लेख देखापढी डटकमबाट लिएका हौं ।
प्रतिक्रिया दिनुहोस
कुकुरको भरमा दरवार
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
हिमाली जंगल निलाे गुराँसले रंगियाे
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी
ओ ! सुनगाभा
निलगिरी अनलाईन प्रा.लि.
बेनी -८, बेनी, म्याग्दी, गण्डकी प्रदेश
सम्पर्क ०६९-५२०४४६
मार्केटिङ्ग को लागि ९८०५२२५१३३३
कम्पनि दर्ता नम्बर: २०१९०७/०७५-०७६
सूचना विभाग दर्ता नम्बर: ११४१/०७५-७६
वेबसाईट: punhill.com
हाम्रो टीम:
साईट मेनु
© Estd 2024 Copyright Nilgiri Online Pvt. Ltd. | All rights reserved. Designed by: GOJI Solution