- Loading...
सन्दर्भ पर्यटन दिवस ः पर्यटन क्षेत्रमा म्याग्दीको संभावना
- घनश्याम खड्का
- १ महिना अघि
- ७७ पटक पढिएको
आकर्षण यस्तो तत्व हो जस्ले मानिसलाई तान्न्छ । घर, परिवार र काम छोडेर याक्रामा निक्लने इच्छाशत्ति जगाउने काम आकर्षणले गर्ने हो । त्यसैले यात्रा योजनामा गन्तब्यको आकर्षणलाई भरपुर उपयोग गर्नु पर्छ । त्यस्तो आकर्षक ठाउँमा पुग्न सहज यात्रा हुनु पर्छ । पुगेपछि आरामदायी आवास र स्वादिष्ठ भोजनले यात्राको थकान र सन्तुष्टी प्रदान गर्छ ।
पर्यटन भनेकै फुर्सदको यात्रा र खर्च गर्ने चाहना हो । हरेक ब्यवसायमा जस्तै पर्यटन ब्यवसायमा पनि शरिरमा रगत जस्तै पर्यटनमा पैसा वग्छ । पैसाले नै ब्यवसाय चलेको हुन्छ । पर्यटक घरबाट निक्लेपछि गन्तब्य सम्म पुग्ने र फर्कदासम्म विभिन्न सेवा प्रदायक पक्ष संलग्न हुन्छन । सवैमा कहिँ न कहीं मुल्य जोडिएको हुन्छ । त्यसैले पर्यटन एक ठाउँमा कमाउने र अर्को ठाउँमा लगेर खर्च गर्ने माध्यम हो ।
के हामी त्यसै गरिरहेका छौं ? कि एक दिनको ब्यापार ठानेका छौ ? कहिल्यै वचन विज्ञापनको अर्थ खोजेका छौं वा कसैले अनुभवको आधारमा ‘गाण्डु’ लेखेको भरमा आफ्नो ब्यवसायीक अनुहारमा मोसो दलेर गाली गर्न तम्सेका छौं ? साँच्चे पर्यटन वुझौं, ब्यवसाय गरौं ।
मनलाई आनन्द दिने उपायहरु मध्य भ्रमण सर्वाधिक शक्तिशाली उपाय मानिन्छ । जथाभावी भौँतारिदा भने आनन्द प्राप्त हुँदैन । यात्रा हतारको घुमफिर होईन आनन्ददायक हुनु पर्छ । यात्रा पर्यटन मात्र होईन, बौद्धिक र शारीरिक सौन्दर्यको अनुभुति बढी हो ।
यात्राको गन्तब्य आत्माले मन पराएको ठाउँ हुनु पर्छ । जुन ठाउँमा पाईला टेकेपछि मनमा आनन्दाभुति हुन्छ । अन्तर मनले चाहेको गन्तब्यमा पुग्दा हृदयले पुलंकित महशुस गर्छ ।
यात्रागरी फर्केपछि ब्यक्तिमा नयाँपन, नयाँ अनुभव र नयाँ दृष्टिकोल आउँछ । आँखाले देखेको दृष्य र मनले गरेको अनुभवले ब्यक्तिलाई उत्कृष्ट जीवनतर्फ प्रेरित गर्छ । हरेक धर्म, संस्कृति र परम्पराहरुमा पनि यात्राको प्रचलन हुन्छ । पूर्वीय संस्कृतिमा यात्रा परम्परा तीर्थाटन, देशाटन, भिक्षाटन, धाम यात्रा, मेलापर्व आदी भ्रमणशैली प्रचलनमा छन ।
घुम्नु, यात्रा गर्नु पर्यटनको पर्याय जस्तै शब्द हो । परापूर्व कालदेखी नै मानिस एक ठाउँबाट अर्को ठाउँमा घुम्ने गर्थे । प्रागऐतिहासीक कालमा मानिस आहाराको लागी घुम्थ्यो । फिरन्ते थियो मानिसको जीवन शैली । विस्तारै मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा कि ब्यापारको लागी हिँड्यो की धर्मप्रचारका रुपमा ।
हिन्दु धार्मिक विश्वासमा भगवानहरु समेत घुम्ने गर्थे । ब्यापारमा रुपमा पनि मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गर्थ्यो । नुनको ब्यापार चक्र, रेशमी मार्ग र हामीमा अहिले पनि प्रचलनमा रहेको दशैंको खसी ब्यापार उदाहरण हुन ।
हिजो मानिसहरु मन बहलाउन वा मनोरञ्जन गर्न निक्लेका थिएनन त्यसैले त्यो पर्यटन भएन । तर आज सेवालाई वस्तु मानिएकोले सवै ब्यापार शैली पनि फेरिएको छ । ब्यापार र घुमफिर जोड्ने गरिएको छ ।
म्याग्दीको भौगोलिक स्वरुप, जैविक विविधता, सामाजिक तथा सास्कृतिक मौलिकता, धौलागिरी समेतका हिमाश।ृंखलाहरु, हिमनदी, स्वच्छ पानीका नदीहरु, तल तलैया, झरना तथा छांगाहरुका साथै पुरातात्विक महत्वका ऐतिहासिक, सास्कृतिक तथा धार्मिक सम्पदाहरुले सजिएको पर्यटकीय दृष्टिकोणले एक आकर्षक मानिएको छ । नेपालमा पर्यटनको आरम्भ पौराणिक काल देखि नै भएको मान्न सकिन्छ । विभिन्न ऋषिमुनी, तिर्थालु भक्तजनहरु देशको विभिन्न भागमा भ्रमण गर्ने गरेको पाइन्छ । हाम्रो सामाजिक संस्कारमा समेत अतिथी देवो भवः भनी पाहुनाको स्वागत गर्ने चलन यद्यपी रहेको पाइन्छ ।
आज मनोरञ्जन गर्ने उद्देश्यले आफ्नो घरबाट बाहिर निस्किएका ब्यक्तिलाई पर्यटक र यी मान्छेहरुलाई कुनै पनि सुविधा प्रदान गर्ने पेशालाई पर्यटन भनिन्छ । जवसम्म पर्यटक आफुले इच्छाएको ठाउँसम्म पुगेर कुनै क्रियाकलामा सहभागी हुँदैन र त्यस गन्तब्यमा आर्थिक लाभका गतिविधी हुँदैन तव सम्म पर्यटन उद्योग हुँदैन । र आज विश्वमा पर्यटन सर्वाधिक ठूलो ब्यवसाय, उद्योग हो ।
पर्यटनको उत्पत्ति मानिसहरुको चहलपहल वा यात्राबाट सुरु हुन्छ । यात्रा पर्यटनको अभिन्न अङ्ग हो । तर सवै खाले यात्रा पर्यटनन होईन । दैनिक वा स्थानिय यात्रालाई पर्यटन भनिदैन । पर्यटनमा एक ठाउँमा कमाउने र अर्को ठाउँमा खर्च हुने हुन्छ । पर्यटनमा मुख्य रुपमा गन्तब्य स्थलसम्मको याक्रा, गन्तब्यस्थलमा गरिने त्रियाकलाप, आवास र गन्तब्य स्थलमा पुर्याईने सेवा तथा सुविधा हुन्छन । पर्यटन र पर्यटकले गर्ने क्रियाकलाप स्थानियको भन्दा फरक हुन्छ ।
पर्यटन सेवा ब्यवसाय हो । पर्यटन ब्ववसायमा सेवालाई बस्तु मानिएको छ । बस्तु दुई प्रकारका छन, अदृश्य र दृश्य वस्तु । पर्यटन सेवा अदृश्य वस्तु हो ।
पर्यटन बस्तुका अङ्गहरु
पर्यटक र सेवा ब्यवसायको अन्तरसम्बन्ध नै पर्यटन हो । पर्यटन हुनकालागी १, आकर्षण २ आगमन सुगमता ३, आवास सुगमता ४, आराम र ५, यात्रा योजनाको अङ्ग हुनै पर्छ ।
हामी पर्यटन ब्यवासायको प्रर्वद्धन गर्ने हो भने यी कुरामा ध्यान आवश्यक छ । म्याग्दी पर्यटन आकर्षणको अनुपम गन्तब्य नै हो । प्राकृतिक आकर्षण मात्र होईन यहाँको कलासंस्कृति पनि उत्तिकै आकर्षक छन । तर माल पाएर चाल नपाएको भन्ने नेपाली उखान झै यहाँको पर्यटन प्रर्वद्धनमा आवागमन सुगमतामा भने केही चुनौति छन ।
घरबाट घुम्न निक्लेको यात्रीले गन्तब्यसम्म पुगी घर फर्कदासम्म सुरक्षित, आरामदायी र आत्मिय ब्यवहारको चाहना गर्दछ । हाम्रा हवाई तथा सडक यातायात सुरक्षित छैनन । पदमार्ग पनि आधारभुत रुपमा समेत ब्यवस्थित छैनन । हाम्रो ब्यवहार पनि उत्तिकै दरिद्रतामा गुज्रेको छ । वन्द हडताज जस्ता गतिविधीले पर्यटन सेवा प्रभावित छ । पर्यटनबाट गन्तब्य क्षेत्रले प्रयाप्त नाफा आर्जन गर्नु पर्छ तर हवाई टिकट, वस टिकट, सहयोगी देखी ब्ययवसायी सम्मले ठगी भैरहेको छ ।
दिनभरको यात्राले थकित यात्रु रात आरामले निदाउन चाहन्छ । गासभन्दा पहिला यात्रुले सुरक्षित र आरामदायी वासको चाहना राख्दछ । म्याग्दीमा पर्यटनको संभावना प्रचुर रहेपछि हामीसँग पर्यटनलाई आवश्यक होटेल, रिसोर्ट, रेष्टुरेन्ट, टि हाउस, पदमार्गमा आवश्यक पानी, आराम गर्ने चौतारी समेतका पूर्वाधार छैनन ।
यात्रा हतारको घुमफिर होईन आनन्ददायक हुनु पर्छ । यात्रा पर्यटन मात्र होईन, बौद्धिक र शारीरिक सौन्दर्यको अनुभुति बढी हो । त्यसैले धेरै समय, धन खर्चगरी अनेक जोखिम र कष्ट सहेर कुनै गन्तब्यमा पुगेको पर्यटकले त्यहाँ भरपुर आनन्द महसुस गर्नु पर्छ । गन्तब्यमा देखिने सुन्दर दृष्यलाई ओझेलमा पार्ने गरी सुत्नै नसक्ने अवस्थाको वास, खानाको पैसा तिर्दा पछुतो लाग्ने स्वाद र रुखो र अभद्र ब्यवहारले पर्यटकको मन दुख्छ । यस्तो ब्यवहारले पर्यटन ब्यवसायमा नकरात्मक असर गर्छ ।
नयाँ भुगोल, संस्कृति फरक भाषा, खानाको परिकार, परिवेशमा पर्यटक आफैले उत्कृष्ट र खोजे जस्तो यात्रा नहुन सक्छ । त्यसैले पर्यटन क्षेत्रमा सेवा प्रदायकले राम्रो यात्रा योजना बनाउन आवश्यक छ । यात्राको गन्तब्य, यातायातको साधन, सहयोगी, आवासको ब्यवस्थापन, खानाको ब्यवस्थापन, समय तालिका, दुरी भुगोलको परिचय खुलाईनु पर्छ ।
पर्यटन प्रर्वद्धन
असल, राम्रो, सस्तो र गुण सम्पन्न हुँदैमा बजारमा विक्रि हुँदैन । जवसम्म पर्यटकले कुनै गन्तब्यको आर्कषण बारे सुन्दैन, जान्दैन तवसम्म उ डुल्न पनि आउँदैन । त्यसैले आफुसँग भएको वस्तुको मुल्य, फाईदा र उपयोगिताको बारेमा ब्यापक प्रचार गर्नु नै पर्यटन प्रर्वद्धन गर्नु हो । सुन्दर वस्तु त्यति बेला मात्र सुन्दर हुन्छ जति वेला अर्को मान्छेले उस्लाई हेर्छ र आकर्षित हुन्छ । कसैको आकर्षण नभए सुन्दरताको अर्थ राख्दैन । म्याग्दी जिल्ला पर्यटन विकासको दृष्टिकोणबाट एउटा महत्वपूर्ण छ ।
जिल्लाको आर्थिक विकासमा मुख्यतया बैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण ९च्झmष्ततभलअभ० रहेका भएता पनि दीर्धकालीन रुपमा जिल्लाको भौगोलिक, सामाजिक, पर्यटकीय स्थल तथा ऐतिहासिक, धार्मिक विशिष्टता र संभाव्यताका आधारमा महत्व राख्दछ । तर यहाँका सयौं प्राकृतिक आकर्षणका गन्तब्य अर्थहीन भएका छन । ग्राहकको विचार, सोच र ब्यवहारमा परिवर्तन गरी आफ्नो चाहना अनुसारको ब्यवहारमा परिवर्तन गराउन गरिने प्रयत्न प्रचार अर्थात विज्ञापन हो ।
पर्यटन सेवा उद्योगमा वस्तु अदृश्य हुने भएकोले प्रर्वद्धनको माध्यमबाट दृष्य पारी मुल्य प्रदान गर्नु पर्छ । सेवा विक्रि गर्न विश्वास जित्नु आवश्यक छ । पर्यटन क्षेत्रमा पीठो बेच्ने कला आवश्यक हुन्छ । विज्ञापनलाई पर्यटन प्रर्वद्धन भनिन्छ । पर्यटक भनेकै अर्को भुगोल, संस्कृति, भाषाको मानिस भएकोले आफुनो ठाउँको आकर्षण मात्र होईन आफ्नो देशको कानुन, नियम, धार्मिक मान्यता, भुगोलको जानकारी गराउनु पनी प्रर्यटन प्रर्वद्धन हो । पर्यटन प्रर्वद्धनको अर्थ आफ्नो सामानको आकर्षणको विज्ञापन मात्र होईन फेरी फेरी फर्कने वातावरण सृजना गराउने कला पनि हो ।
पर्यटन विक्रि दक्षता
म्याग्दी जिल्ला प्राकृतिक श्रोतले धनी छ । स्रोतको उचित उपयोगले मात्र पैसा आर्जन हुन्छ । स्रोत भनेको साधन हैन र साधन भनेको वस्तु हैन । पर्यटनमा ज्ञान र बुद्धिको उचित प्रयोग गरेर स्रोतलाई साधन र साधनलाई बस्तुमा परिर्वन गर्न संभव छ । पर्यटन बजारमा साधनको मुल्य हुँदैन । पर्यटकले हिमाल, ताल, नदी, वनजंगल हेरेर सित्तैमा रमाईलो र मनोरन्जन गर्न सक्छ । र उ त्यहाँ भने आफै पुग्नु पर्छ । आकर्षणस्थलमा पुग्न विभिन्न माध्यमको उपयोग गर्नु पर्छ । त्यसैले साधनलाई वस्तुमा परिवर्तन गरी लाभ लिन सकिन्छ ।