FLASH NEWS
  • Loading...

शिक्षा मन्त्रालयको तयारी : असोजबाट विद्यालय र विद्यार्थीलाई निःशुल्क इन्टरनेट

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२६ पटक पढिएको
शिक्षा मन्त्रालयको तयारी : असोजबाट विद्यालय र विद्यार्थीलाई निःशुल्क इन्टरनेट

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि असोजबाट विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने तयारी गरेको छ।

मन्त्रालयले हालै जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ ले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागिमात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय वा विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउन लागेको हो। यसका लागि शिक्षा मन्त्रालयले इन्टरनेट सेवा प्रदायकसँग विद्यार्थी र विद्यालयलाई निःशुल्क इन्टरनेट व्यवस्थापनलगायतका विषयमा छलफल सुरु गरिसकेको छ।

असोज पहिलो सातासम्म इन्टरनेटमा सहुलियत वा निःशुल्क उपलब्ध गराउनेबारे निर्णय हुने मन्त्रालय स्रोत बताउँछ। कोरोना महामारीका कारण अहिले निजी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठन गरिँदै आएको छ।

इन्टरनेटको पहुँ भएका ठाउँमा अनलाइन कक्षा र नभएका ठाउँमा शिक्षक नै विद्यार्थीका घरघरमा पुगेर सिकाइलाई निरन्तरता दिइँदै आइएका छन्।