- Loading...
लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाई नेपाल सरकारको नयाँ निर्देशन, ‘ब्याकफूट’मा पुग्यो भारत
- पुनहिल डट कम
- ४ साल अघि
- १०५ पटक पढिएको
नेपाल सरकारले लिपुलेकमा तैनाथ आफ्ना सुरक्षाकर्मीलाई यस क्षेत्रमा तैनाथ भारतीय सेनाका गतिविधिहरु सूक्ष्म रुपमा अनुगमन गर्न निर्देशन दिएको छ । भारत र चीनबीच सीमा विवाद चर्किएका बेला नेपाल सरकारले यहाँ तैनाथ आफ्ना सुरक्षाकर्मीलाई यस्तो निर्देशन दिएको समाचार एजेन्सी आइएएनएसले जनाएको छ । कालापानीको शीर्षमा पर्ने लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र हो ।
गत हप्ता केपी शर्मा ओली सरकारको गृह मन्त्रालयले सीमामा तैनाथ सशस्त्र प्रहरी बललाई त्रिदेशीय सीमामा अनुगमन सुरु गर्न निर्देशन जारी गरेको हो । लिपुलेकमा सशस्त्र प्रहरीको ४४ बटालियन तैनाथ छ । सशस्त्रले भारत र चीनबीच सम्भावित तनावलाई मध्यनजर गर्दै लामो दूरीको गस्तीको लागि आग्रह गरेको छ । लिपुलेकमा चीनले पनि सैनिकको संख्या बढाएको छ । उसले त्रिदेशीय सीमामा १५० सैनिकसहितको लाइट कम्बाइन्ड आर्म्स ब्रिगेड तैनाथ गरेको छ । यो ब्रिगेड गत महिनाम मात्र यहाँ आएको हो । चीनले सीमाबाट १० किलोमिटर दूरीमा रहेको पालामा पनि सैन्य शक्ति बढाएको छ । जुलाइमा पालानजिकै चीनले स्थानी पोस्ट स्थापना गरेर १० हजार सैनिक तैनाथ गरेको थियो । ‘२ हप्तापछि नै त्यहाँ २ हजार थप सैनिक तैनाथ गरिएका छन्’ स्रोतले भन्यो ।
भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरेपछि यसले नेपाल र भारतबीच कूटनैतिक तनाव बढाएको थियो । काठमाडौंले यो क्षेत्र आफ्नो भएको दावी गरेको थियो । भारतले यो सडक कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई सहज बनाउन निर्माण गरेको बताएको थियो । तनाव बढ्दै गएपछि नेपालले यी क्षेत्र आफ्नो भूभागभित्र समेटेर नयाँ राजनैतिक नक्सा समेत जारी गरेको थियो ।
उता भारत र चीन पनि गएको मे महिनादेखि सीमाका विभिन्न क्षेत्रहरुमा भिडिरहेका छन् । चीनले लाइन अफ एक्चुअल कन्ट्रोलका कैयौं क्षेत्रमा भारतीय भूभागभित्र प्रवेश गरेर त्यहाँको यथास्थिति परिवर्तन गरेको छ । भारतले यसमा आपत्ति जनाएको छ र भारत र चीनबीच विभिन्न तहका वार्ताहरु भइरहेका छन् । source-dcnepal.com