FLASH NEWS
- Loading...
पहिरोले बेनी–जोमसोम सडक बन्द
- पुनहिल डट कम
- ५ साल अघि
- २९९ पटक पढिएको
२२, भदौ ।
कालीगण्डकी नदीले सडकको वेस कटान गरेपछि बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ ।
सदरमुकाम बेनीदेखी ३८ किलोमिटर माथी अन्नपूर्ण गाउँपालिका, ३ दानाको काप्रेभीरमा दुई वटा पहाडको वीचको साँघुरो गल्छीको बलौटे बगरमा निर्माण गरिएको सडक तल कालीगण्डकी नदीले वेस कटान गरेपछि भासिएपछि यातायात अवरुद्ध भएको हो ।
‘कडा चट्टान भएका पहाड विचको साँघुरोमा तलबाट कालीगण्डकीले सडक तानेपछि करिव ४ मिटर सडक भासिएको छ । बेनी–जोमसोम सडकमा साईकल चलाउन पनि नमिल्ने गरी सोझो यातायात अवरुद्ध छ’ सडक विभागका स्थानीय सुपरभाईजर रहेका इन्द्रसिं शेरचनले भने, ‘सोमबार देखी विष्फोटनगरी सडकको डाईभर्सन खोल्ने तयारी भैरहेको छ ।’
प्रतिक्रिया दिनुहोस