FLASH NEWS
- Loading...
दशैंकाे संघारमा झरीवर्षाकाे अाशंका
- पुनहिल डट कम
- १ महिना अघि
- २८१ पटक पढिएको
दशैं संघारमा सातभर झरीवर्षाकाे अांकलन गरिएकाे छ । माैषम सम्बन्धी विभिन्न माेडेलहरू र माैषमपूर्वानुमान गर्ने माैषमविद्हरूले बुधवार दिउँसाे/साझदेखी बर्षा हुन सक्ने अांकलन गरेका छन ।
बंगालकाे खाडीमा बनेकाे न्यून चापिय रेखाकाे प्रभावले वर्षा हुने अनुमान गरेका भएपनि बर्षा कतिसम्म हाेला भन्ने भने उल्लेख गरेका छैनन । नेपाल अाधिकारिक सरकारी निकाय जल तथा माैषम विज्ञान विभागले भने बुधवादेखी पर्ने अनुमान गरिएकाे बर्षा पूर्वानुमानमा केही उल्लेख गरेकाे छैन ।
नेपालमा यो वर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले सेप्टेम्बर २३ अर्थात असोज ७ गते मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए। तर पछि फेरि मौसमविद्हरूले अक्टोबर २ अर्थात असोज १६ गते मनसुन बाहिरिन सक्ने अनुमान गरेका छन ।
प्रतिक्रिया दिनुहोस