- Loading...
ढोरपाटन बाढी अपडेट : २ जनाको शव फेला, ९ जना बेपत्ता
- पुनहिल डट कम
- ४ साल अघि
- २०३ पटक पढिएको
बागलुङको ढोरपाटन नगरपालिका- ९ बोवाङ्गको भुजिखोलाले खोला किनारका बस्ती बगाउँदा ११ जना बेपत्ता भएका छन् । बागलुङका एसपी नवराज भट्टका अनुसार बेपत्तामध्ये २ जनाको शव फेला परेको र ९ जना अझै बेपत्ता रहेका छन् ।
लगातारको वर्षासँगै बुधबार मध्यराति खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको हो ।
प्रहरी घटनास्थल पुग्न समस्या भएकाले मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन सकेको छैन । पहिरोले तटिय क्षेत्रका करिव २ दर्जन घर पूर्ण क्षति गरेको छ ।
बाढीले भुजुखोला चौथो र पाँचौ लद्यु जलविद्युत आयोजताको पावर हाउससमेत बगाउँदा सो क्षेत्रमा सम्पर्क विच्छेद भएको छ । बाढीले जनचेतना प्रावि र सरसस्वती आधारभूत विद्यालयको भवन झोलुङ्गे पुल बगाएको छ ।
पहिराले ढोरपाटन सालझण्डी मोटरबोटो पूर्णरूपमा अवरुद्ध गरेको हुँदा उद्धारको प्रहरी घटना स्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । स्थानीय प्रहरीचौकीबाट प्रहरीको उद्धार टोली पैदल यात्रामार्फत घटना स्थलतर्फ हिँडेको छ ।
ढोरपाटन-सालझण्डी सडक खण्डकोे बस्तीमाथि रहेको फलेगरमा गएको पहिरोले भुजिखोला थुनिएको र खोलाको ताल फुटे पछि बाढी आएको हुन सक्ने स्थानीयले बताएका छन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेसहितको सुरक्षा निकायको टोली प्रस्थान गरेको छ ।