FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३९ पटक पढिएको
गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमितमा नवलपरासी पूर्वका १७ जना, कास्कीका १६, लमजुङका ३, तनहुँका २ तथा बागलुङ र स्याङ्जाका १/१ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।