FLASH NEWS
- Loading...
कोरोनाबाट तनहुँकी २० वर्षीया युवतीको मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १९८ पटक पढिएको
कोरोना संक्रमित तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले तनहुँ ब्यास-२ निवासी युवतीको मंगलबार त्रि. वि. शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको जनाएको छ ।
निर्देशनालयका अनुसार मृगौलाको समस्या भई डायालाईसिस गराइरहेकी युवती मंगलबार अस्पतालमा भर्ना भएकोमा मंगलबार नै कोरोना पुष्टि भएको थियो । युवतीलाई अल्का अस्पताल, ललितपुरबाट त्रि. वि. अस्पतालमा प्रेषण गरिएको थियो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ७३ पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस