- Loading...
हरियाली ग्रुपको कालिज फार्ममा चितुवा पास्यो, बाहिर निक्लन सकेन
- पुनहिल डट कम
- ४ साल अघि
- २१५ पटक पढिएको
बेनी नगरपालिका, ४ सिङ्गा स्थित कालिज फार्ममा चितुवा पसपछि स्थानियमा आतंक फैलिएको छ ।
हरियाली ग्रुप प्रालिले सुरु गरेको ४ सयबढी चार महिना पुगेका कालिज फार्ममा फलामे तारवारभित्र चितुवा पसेको हो । फार्म भित्रै चितुवाले रहेकोले कति कालिज मारेको हो, खुलेको छैन । शुक्रवार विहान फार्मका कर्मचारी चारो हाल्न भित्र जाँदा चितुवा देखेपछि भागेका थिए । दुई वटा काजिल फामर् मध्य चल्ला भएको भागमा चितुवा पसेको छ ।
संभवन बाहिर खेतबाट जम्पगरी आकासमा चरा पस्न नदिन लगाईएको नाईलन जालीमा पुगेको र च्यातेर फार्म भित्र पसेको अनुमान छ । तारजालीले भित्र रहेको चितुवा बाहिर निक्लन पटक–पटक तारमा ठोक्किने र चिथोर्ने ङ्यार ङ्यार गर्दै आक्रमक स्वभाव देखाउने गरेको छ । तर बाहिर निक्लन सकेको छैन ।
‘कालिज फार्ममा पसेको चितुवालाई खोरमा थु्न्न सक्ने अवस्था छैन । वेहोस बनाउने डार्क गन जिल्लामा छैन, मान्छेलाई आक्रमण नगरी गोली हान्न पनि मिलेन । उपायको खोजीमै छौं’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘चितवनबाट डार्क गनसहित प्राविधिक बोलाई बेहोस वनाउने वा अन्य विधीबाट सुरषित स् वाहिर निक्नले बाटो बनाउने अध्ययन भैरहेको छ ।’
बेनी नगरपालिका, ४ सिङ्गामा १ सय ६० रोपनी जग्गा भाडामा लिएर हरियाली ग्रुपले पुख्यौली थलोमा करिव १० करोड लगानीमा ब्यवसायीक तरकारी खेती, कालिज, कुखुरा, माछा, माहुरी पालन फार्म स्थापना गरेका हुन । १९ जना संस्थापकले स्थापना गरेको हरियाली ग्रुपमा अहिले १ लाखदेखी १० लाख रुपैयाँसम्म लगानी हाल्ने ५० जना शेयर सदस्य छन ।