FLASH NEWS
  • Loading...

एमाले विधान महाधिवेशनलाई लक्षित जिल्ला प्रशासन काठमाडौंले रोक ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११० पटक पढिएको
एमाले विधान महाधिवेशनलाई लक्षित जिल्ला प्रशासन काठमाडौंले रोक ?

एमालेले सभा सम्मेलन रोक लगाउने गरी जिल्ला प्रशासन काठमाडौंले जारी गरेको आदेश राजनीतिक पूर्वाग्रह प्रेरित भएको बताएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार ‘कोभिड–१९ को संक्रमण कायमै रहेको हुँदा भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने ’ आदेश जारी गरेको छ ।

शुक्रबार ललितपुरको गोदावारीमा हुन लागेको एमाले विधान महाधिवेशनलाई लक्षित गरेर आदेश जारी गरिएको एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले बताए ।

उनले भने, ‘विधान महाधिवेशनबारे हामीले एक महिनाअघिदेखि नै सम्बन्धित निकायलाई जानकारी गराएका थियौं । बिहीबार जारी गरिएको आदेश राजनीतिक रुपमा प्रेरित छ ।’

स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाएर विधान महाधिवेशन हुने उनले बताए ।