FLASH NEWS
  • Loading...

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्यो तीन हजार प्रतिनिधि

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८९ पटक पढिएको
एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्यो तीन हजार प्रतिनिधि

एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ ।

एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो ।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा  केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, अनुशासन आयोगका पदाधिकारी र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य,  केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, सल्लाहकार परिषदका पदाधिकारी र सदस्य,  जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य रहने छन ।

त्यसैगरी  जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य, जनसंगठनका पदाधिकारी मध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन् ।