FLASH NEWS
- Loading...
अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा
- पुनहिल डट कम
- ४ साल अघि
- ८८ पटक पढिएको
अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । मन्त्रालयबाट बिदा भएर सिधै बालुवाटार पुगेका अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा बामदेव गौतमलाई पठाउने नेकपाले निर्णय गरेपछि उनले बाध्य भएर राजीनामा दिएका हुन् । सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था अनुसार फागुनमा पुनः मन्त्री नियुक्त भएका खतिवडाको भोलि २० गते ६ महिना पुग्दैछ ।
प्रतिक्रिया दिनुहोस