- Loading...
अनेमसंघ म्याग्दीको तिजगीत प्रतियोगितामा कुहुँकाे समुह पहिलाे
- पुनहिल डट कम
- २ महिना अघि
- ८२ पटक पढिएको
महिलाहरुको पर्व हरितालिका तिजकाे उपलक्षमा मङ्गलवार बेनीमा नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको आयोजनामा खुल्ला तिजगीत प्रतियोगिता गरेकाे छ ।
समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान – समान सहभागिताका लागि सुदृढ सङ्गठन भन्ने नारासहित अनेमसंघले तिज पर्वको अवसरमा महिला सशक्तिकरणमा आर्थिक पक्षको भूमिका विषयक खुल्ला तिजगीत प्रतियोगितामा गला गाउँपालिका–१, कुहुँकी हिरा किसान नेतृत्वकाे समुह प्रथम भएकाे छ ।
म्याग्दीका अग्रज कलाकार कृष्णदत्त पौडेल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका जिल्ला अध्यक्ष धुर्व जिसी र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले निर्णायक रहेकाे प्रतियाेगितामा क्षत्री समाज म्याग्दी दाेस्राे र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दी तेस्राे भए । गणेशथान आमा समूह जलजला–७, मिलनचोक पर्वत र जामुनाखर्क मावि अर्थुङ्गेकी गरिमा परियार सान्त्वना पुरस्कार पाए ।
प्रतियाेगितामा ३१ टिमले सहभागिता रहेकाे थियाे । विजयी टिमहरुलाई नगद क्रमशः दशहजार, सातहजार, पाँचहजार र तीनतीन हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको अनेमसंघ म्याग्दीका सचिव देवकुमारी पुनले बताइन ।