- Loading...
राहुघाट, म्याग्दी र कालीगण्डकी नदी जलाधारमा बारम्बार पहिरो, तटिय वस्तीमा जहिल्लै त्रास
- पुनहिल डट कम
- ३ साल अघि
- १४० पटक पढिएको
विहिवार विहान ५ बजे रघुगंगा गापा, ६ को मुलपानी र ७ चिमखोलाको गौडामुनी भन्ने स्थानमा रायोखोरबाट खसेको पहिरोले राहुघाट खोला थुनिएर बनेको ताल भरिएर बग्न थालेको छ । अहिले पहिरो झरेको रायोखोरको पहिरोले ०५७ सालदेखी सुरु भएको हो । ०५७ सालमा ठूलो पहिरो जान थालेपछि रायोखोरका कम्तीमा ४० घर रहेको रायोखोर वस्ती सुरक्षित स्थानमा स्थानन्त्रण गरिएको थियो ।
त्यसैगरी एक महिना अघि साउन १० गते धवालागिरी गाउँपालिका, १ गुर्जाखोलामा गएको पहिरोले गुर्जाखोला ८ घन्टा थुनिएको थियो । गुर्जाखोलामा पहिरोले बनेको तालबाट सहज पानी बगेको भएपनि ताल भने अझै रहेको छ ।
पहिरोले राहुघाट खोला र गुर्जाखोला थुनिएका घट्ना एक महिनाका घट्ना मात्र हुन । यस अघि म्याग्दीका मुख्य तीन जलाधार राहुघाट, म्यााग्दी र कालीगण्डकी नदीमा पटक–पटक पहिरो झर्ने र नदी थुनिने, वस्ती पुरिने र तटिय क्षेत्रमा विनास गरेको घट्ना पटक–पटक दोहोरिएका छन ।
कालीगण्डकी नदीले बनाएको मुस्ताङको घाँसादेखी तल म्याग्दी सदरमुकम बेनीसम्मको झण्डै ४४ किलोमिटर खण्डमा अघि पटक–पटक पहिरो झर्ने र नदी कालीगण्डकी थुनिएका छन ।
‘कालीगण्डकी, म्याग्दी र राहुघाट नदी जलाधारमा पटक–पटक पहिरो झर्ने र थुनिने तथा बाढीबाट हामी बेनीबासी समेत तटिय वस्तीलाई आक्रान्त बनाउने गर्छ’ नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका स्थानीय बेनी संरक्षण अभियानका अगुवा हरीकृष्ण श्रेष्ठले भने, ‘म्याग्दी र कालीगण्डकी नदीमा आउने बाढीपहिरोको सामना गर्ने हामी तटीयवासीको अनिवार्य वाध्यता हो । विपत्तिलाई टार्न नसकेपनि सदरमुकाम समेत रहेको बेनीबजार र अन्य तटियवस्तीलाई नदी कटानबाट जोगाउने मानव प्रयास गरीरहेका छौं ।’
सदरमुकाम बेनीवासीको अनुभवमा २०१४ सालमा पर्वतको मल्लाजको फड्केढुङ्गामुनी ठूलो पहिरोले कालीगण्डकी नदी थुनिएको थियो । ०५५ साल असोज १० गते तत्कालिन शिख गाविसको गोगनपानी भिर भत्केर भुरुङतातोपानी बजार पुरिनुको साथै कालीगण्डकी नदी १० घन्टा थुनिएको थियो । अहिले पहिरोले परेको बैसरीमा यस पटक मात्र पहिरो केही घरमा क्षति पुर्याएको थियो ।
त्यस्तै ०४७ सालमा तत्कालिन हिस्तान गाविसको पैहथाप्ला मुनीबाट झरेको पहिरोले भगवनीको कुनौटो नजिक केही घन्टा कालीगण्डकी थुनेको थियो ।
०७२ जेठमा साविक राम्चे गाविसको काफलडाँडाको भीर भत्केपछि कालीगण्डकी नदी किनारामै अवस्थित भगवती गाविस, २ को वैसरी वस्ती पुरै पुर्नुको साथै कालीगण्डकी नदी १६ घन्टासम्म थुनिएको थियो ।
कालीगण्डकीमा अहिले म्याग्दी–मुस्ताङ्ग सिमा क्षेत्रको बाँदरजुङ्ग भीर, दानाको गुईठे क्षेत्रको भीर, भुरुङ्गको तातोपानीको भीर, घारखोलाको नेपाने भिर, घारको टिमुरेभिरमा ठूला पहिरो खस्ने र कालीगण्डकी नदी थुनिने जोखिम छ ।
पहिरोले कालीगण्डकी नदी थुन्ने मात्र होईन, ०४५ सालमा हिमालपारीको मुस्ताङ्गमा रहेको एक हिमताल फुट्दा नदीतटका दाना, तातोपानीहुँदै सदरमुकाम बेनीबाट तलसम्मका बस्तीमा ठूलो धनजनको क्षति पुर्याएको थियो । बर्षेनी बाढीको कटानले सदरमुकाम बेनी त्रिकोणात्मक भएर खुम्चिदै गएको छ ।
रघुगंगा र कालीगण्डकी नदीमा मात्र होईन, पश्चिम गुर्जा, चुरेन र धौलागिरी हिमालबाट आउने म्याग्दी खोलामा पनि पटक पटक पहिरोले नदी थुन्ने र बाढीपहिरोको विपत्ति ल्याउने गरेको छ ।
गत साउन १० गते धवालागिरी गाउँपालिका, १ गुर्जाखोलामा गएको पहिरोले गुर्जाखोला ८ घन्टा थुनियो । पहिरोले थुनिएको गुर्जाखोलामा बनेको तालबाट सहज पानी बगेको भएपनि ताल भने अझै रहेको छ ।
म्याग्दी नदीमा ०४५ साल असोज २ गते साँझ साविक निस्कोट गाविसको छरछरेको भीर भत्कदा दरवाङ्ग बजार पुर्दा एक सय ९ जनाको मृत्यु भएको थियो । त्यस्तै ०४० सालतिर सिङ्गामा पारीपट्टीको भीर भत्कदा म्याग्दी नदी केही घन्टा थुनिएको थियो ।