- Loading...
भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको मौवाफाँटमा सेवा विस्तार
- पुनहिल डट कम
- ४ साल अघि
- १०८ पटक पढिएको
वन्दाबन्दीको समयमा वित्तिय संस्थाहरु समेत ब्यापार ब्यवसाय सुस्ताएको बेला बेनीको एक वित्तिय संस्थाले रघुगांगा गाउँपालिका केन्द्र मौवाफाँटमा सेवा विस्तार गरेको छ ।
बेनीको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले मौवाफाँटमा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गरी शनिबारदेखि सेवा केन्द्र संचालन ल्याएको हो । केन्द्रको सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीले एक कार्यक्रमका विच उद्घाटनगरी सेवा शुभारम्भ समेत गराए ।
‘जिल्लाभर कार्यक्षेत्र अनुमति प्राप्त भएपनि रघुगंगाबाट कार्यक्षेत्र विस्तार सुरु गरिएको हो’ संस्था अध्यक्ष सुवेदीले भने, ‘संस्थाको शाखा विस्तारले मौवाफाँटको उदाउँदो अर्थतन्त्रलाई विकास गर्न र कृषी अर्थतन्त्रमा गुणात्मक फड्को मार्न सहयोगी हुने विश्वास लिएका छौं । मौवाफाँटको उदाउँदो अर्थतन्त्रमा हामी सहयात्रा गर्न आतुर छौं ।’
कार्यक्रममा जेष्ठ नागरिक र सेवा निवृत सैनिकहरुलाई सम्मान गरिएको थियो भने कोरना भाईरसको सचेतनामूलक जानकारी गराउदै सहभागिलाई सावुन, मास्क वितरण गरिएको थियो । सो अवसरमा खाता खोल्ने सेवाग्राहीलाई सम्मान गरिएको थियो । सेवा केन्द्रबाट बचत तथा ऋणको कारोवार , रेमिटान्ससंगै सदरमुकाम बेनीको केन्द्रिय कार्यालयबाट प्रवाह हुने मोवाईल बेकिङ्ग सेवाका लगायतका वित्तिय सेवा प्रवाह हुने सेवा केन्द्रका प्रमुख भदेवी तिलिजाले जानकारी दिईन ।