- Loading...
नेकपाको कार्यदलले बुझायो प्रतिवेदन
- पुनहिल डट कम
- ४ साल अघि
- १३८ पटक पढिएको
सत्तारुढ दल नेकपामा देखिएको विवाद समाधानका लागि आवश्यक सुझाव दिन गठन गरिएको कार्यदलले शनिबार प्रतिवेदन बुझाएको छ।
कार्यदलले पार्टीका दुबै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा नेकपा प्रचार विभागका उपप्रमुख सुर्य थापाले जानकारी दिए।
ओली र दाहाल-नेपाल पक्षबीच विवाद चर्किँदै गएपछि समाधान खोज्नका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । साउन ३० गते गठित कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।
कार्यदलले सर्वसम्मतिले प्रतिवेदन पारित गरेर अध्यक्षद्वयलाई हस्तान्तरण गरेको थापाले जानकारी दिए । प्रतिवेदनबारे अध्यक्षद्वयबीच छलफल हुने र त्यसपछि सचिवालय बैठकमा पेस गरिने कार्यदलका एक सदस्यले जानकारी दिए ।