FLASH NEWS
  • Loading...

थपिए ७४३ संक्रमित, सोमबारसम्म ३२ हजार ६ सय ७८ जनामा कोरोना पुष्टि

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७४ पटक पढिएको
थपिए ७४३ संक्रमित, सोमबारसम्म ३२ हजार ६ सय ७८ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार २ सय ३४ जनाको पीसीआर गर्दा उक्त संख्याका संक्रमित भेटिएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ३२ हजार ६ सय ७९ जना पुगेको छ । जसअनुसार आजसम्म ६ लाख १४ हजार २ सय ७८ जनाको पीसीआर परीक्षण भइसकेको छ ।
देशभर हाल विभिन्न जिल्लाका क्वारेन्टाइनहरुमा ११ हजार २ सय ७५ जना रहेका छन् । यसैगरी १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचार गराइरहनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुरा बताए ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्ने क्रम सोमबार पनि कायमै रहेको छ। काठमाडौं उपत्यकामा आज २२४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोना उपचारपछि घर फर्कन सफल भएको छ । योसँगै नेपाल कोरोना संक्रमणपछि सफल उपचार गरेर घर फर्कनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ । यो भनेको कुल संक्रमितको ५८ प्रतिशतलाई निको भएको हो ।
कोरोना संक्रमणका कारण हाल विभिन्न जिल्लाका आइसोलेसन सेन्टरमा रहेकामध्ये १ सय १४ जना आईसीयुमा उपचार भइरहेको छ भने १४ जनालाई भेन्टिलेटरमा राखेर उपचार गराएको समेत सो कार्यक्रममा जानकारी गराइएको छ ।
कोरोना भाइरस संक्रमणका कारण सोमबार पनि ८ जनाको दुखद निधन भएको मन्त्रालयले घोषणा गरेको छ । उहाँहरुमध्ये रुपन्देहीका ४ जना छन । जसमा ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षका पुरुष छन ।  यस्तै सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला र काठमाडौंका ४८ वर्षीया महिलाको पनि कोरोनाकै कारण निधन भएको छ । योसहित कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेहरुको संख्या अब नेपाल १५७ जना पुगेको छ ।