गण्डकीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार दिउसो २७ नं. वडाका ४१ वर्षीय पुरुष, पर्सा घर भई स्थानीय ठेगाना नखुलेका ४२ वर्षीय पुरुष र बागलुङ नगरपालिका १० का ३२ वर्षीया महिलामा कोरोना भाइरस देखिएको जनाएको हो । यस अघि आज बिहान पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३ पुगेको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३ पुगेको छ ।