FLASH NEWS
- Loading...
३३ किलो सुन काण्डका आरोपी पक्राउ
- पुनहिल डट कम
- ४ साल अघि
- ९३ पटक पढिएको
३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् ।
अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिए । उनका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ । उनी पछिल्लो समयमा यूएई बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस