FLASH NEWS
  • Loading...

म्याग्दीका विभिन्नस्थानमा पहिरोले ९ जना वेपत्ता, ५ घर पुरिए, गलेश्वरको वेलीव्रिज भत्क्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९९ पटक पढिएको
म्याग्दीका विभिन्नस्थानमा पहिरोले ९ जना वेपत्ता, ५ घर पुरिए, गलेश्वरको वेलीव्रिज भत्क्यो

विहिवारदेखी परेको अविरल भारी वर्षाको कारण पहिरोमा पुरिएर ९ जना वेपत्ता भएका छन । ५ घर पुरिएका छन ।
धौलागिरी गाउँपालिका, ६ मराङको घन्त्टीवाङबाट खसेको पहिरोले बगाउँदा तल रिखामा रहेको भीमबहादुर जुग्जाली घरका ४ जना, धनबहादुर जुग्जालीको घरका ३ जना र छुट्टै मालिका गाउँपालिका, ७ वीमको दुलेमा सोमनाथ पौडेलको घर पहिरोले वगाउँदा दुई जना वेपत्ता भएको स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यालयले पहिरोमा केही घर पुरिएको, मानविय क्षतिको जानकारी आएको भएपनि संख्या यकिन नभएको जनाएको छ ।
धौलागिरी गापा, ६ मराङका वडाध्यक्ष राजाराम सुवेदीका अनुसार भिरालोपाखाको माथिल्लो खण्डमा रहेका घन्टवाङ पहिरो झरेपछि १३ घर विस्थापित भएका छन । माथिको पहिरो तल्लो खण्डमा रहेको रिखाका ४ घर विस्थापित भएका छन ।
त्यसैगरी अविरल वर्षाकाकारण राहुघाट खोलामा आएकोबाढीले बेनी–जोमसोम सडकको गलेश्वर स्थित राघुघाट खोलामाथीको बेलीव्रिज वगाएको छ । पुलको फाउण्डेसनसहित बगाएपछि बाढी अहिले पिप्लेगलेश्वर वस्ती तर्फ सोझिएको छ । मोटर पुल वगेपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अव यातायातबाट पूर्ण विच्छेद भएका छन ।
‘नजिको प्रहरी घट्नास्थल पुग्दैछ । क्षतिको यकिन विवरण प्राप्त भएको छैन भएको छैन । ७ देखी१० जनासम्म मिसिङभएको जानकारी छ’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘विभिन्न स्थानमा पहिरो गएको छ । गलेश्वरको मोटरपुल बगेको छ । बाढीपहिरोको क्षतिको विवरण संकलन भैरहेको छ ।’