FLASH NEWS
  • Loading...

माधव नेपाल समूह : को को नेता तटस्थ ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०४ पटक पढिएको
माधव नेपाल समूह : को को नेता तटस्थ ?

नेकपा एमालेको माधव समूहका केही नेता प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा राखेको विश्वासको मतको पक्षमा मत नदिने भएका छन्। विवाद समाधानका लागि गठन गरिएको कार्यदलका सदस्य तथा अन्य केही सांसदले मत नदिने भएका हुन्।

माधव समूहका नेताहरुले विश्वासको मतको पक्षमा मतदान नगर्ने जानकारी पाएपछि देउवा र माधव नेपालबीच छलफलसमेत भएको छ। घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, सोम पाण्डे, झपट रावल, यज्ञराज सुनुवार, दिपकप्रकाश भट्टलगायतका सांसदले देउवाको पक्षमा मतदान नगर्ने जनाइएको छ। उनीहरु तथस्ट बस्ने जनाइएको छ।

तर, सो समूहका कतिजनाले देउवाको पक्षमा मतदान गर्छन् भन्ने विषय भने खुलेको छैन। माधव समूहले समर्थन नगरे पनि देउवाले विश्वासको मतपाउने भने निश्चित छ। जसपाको सबै ३२ जना सांसदले नै समर्थन गर्ने भएपछि देउवाले विश्वासको मत पाउने निश्चित भएको हो।