FLASH NEWS
  • Loading...

पोखरालगायतका क्षेत्रमा भारी वर्षा, नदीहरुमा बहाव बढ्दो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०६ पटक पढिएको
पोखरालगायतका क्षेत्रमा भारी वर्षा, नदीहरुमा बहाव बढ्दो

गण्डकी प्रदेशको कास्की, म्याग्दीको उत्तरी भेगको अन्नपूर्ण गाउँपालिका, लम्जुङसमेत क्षेत्रमा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्रहरुमा आज थप वर्षा हुने सम्भावना रहेको जनाउँदै उक्त स्थानका स–साना खोलामा आकस्मिक पानीको बहाव बढ्न सक्ने जनाएको छ ।

आसपासका साना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउँन महाशाखाले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पोखरामा १३२.५ मिलीमिटर पानी परेको छ ।