FLASH NEWS
  • Loading...

पहिरोले थुनिएको गुर्जा खोलाबाट पानी बग्न थाल्यो, तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११८ पटक पढिएको
पहिरोले थुनिएको गुर्जा खोलाबाट पानी बग्न थाल्यो, तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

म्याग्दी जिल्लाको दुर्गम धवलागिरी गापा, १ गुर्जा र ४ मुदी गाउँको विचमा पर्ने पहिरो गै गुर्जाखोला थुनिएको खास्का क्षेत्र ।

तस्वीर सौजन्य : झकबहादुर छन्त्याल, गुर्जा

धवालागिरी गाउँपालिका वडा नं १ गुर्जा र ४ मुदीको विचमा पर्ने खास्का भन्ने स्थानमा पहिरो गै शनिवार विहानदेखी थुनिएको गुर्जाखोला थुनिएको स्थानीयले बताएका छन ।
चुरेन र गुर्जा हिमालबाट झर्ने गुर्जााखोला गुर्जा गाउँदेखी कम्तीमा २ घन्टा तल खास्का भन्ने स्थानमा शनिवार दिउँसो पहिरो गुर्जाखोला थुनिएर ताल साँझ सातबजेबाट ओभर फ्लो भै बग्न थालेको गोठालाको हवला दिँदै धवलागिरी गापा, १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
‘गोठालाहरुले पहिरो गै गुर्जााखोला थुनिएर ताल परेको र शनिवारसाँझ ७ बजेबाट बग्न थालेको भनेका छन । पहिरो गएको क्षेत्रमा गुर्जावासीको घुम्ती खेतीको मकैवाली रहेको र मकैवालीसँगै रहेका गोठालाले खवर गरेका हुन । पहिरो गएको स्थान धेरै खोंचमा रहेकोले थुनिएको खोलाबाट कसरी पानी बग्न भन्न सकिन्न । फुटेमा म्याग्दीखोला तटिय क्षेत्रमा जोखिम हुन सक्छ ।’
पहिरो क्षेत्र मानववस्ती देखी धेरै टाढा जंगलमा पर्ने भएकोले पहिरो कति वेला गएकोको र कति पानी थुनिएको भन्ने खुलेको छैन । गुर्जाखोला म्याग्दी नदीको मुख्य एक सहायक खोलामध्यको एक हो । थुनिएको गुर्जाखोलाको पानी फुटेर बाढी आएमा धवलागिरी गापाको खाम्लाहुँदै मालिका गापा केन्द्र रहेको दरवाङवजारहुँदै बेनीसम्मका बस्तीमा क्षति पुऱ्याउन सक्छ ।
‘गुर्जाबाट वडाध्यक्षले पहिरोले गुर्जाखोला थुनिएको खवर गवर गर्नु भएको छ । वस्तीदेखी धेरै टाढा भएकोले पहिरोको यकिन विवरण नआएपनि तटियवस्तीमा सतर्कता गराईएको छ’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘हामी पनि उच्च सर्तक अवस्थामा रहेका छौं ।’