FLASH NEWS
  • Loading...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट (एवाइ.१) पुष्टि, सबै उमेर समूहकालाई जोखिम

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०६ पटक पढिएको
नेपालमा कोरोनाको नयाँ भेरियन्ट (एवाइ.१) पुष्टि, सबै उमेर समूहकालाई जोखिम

|Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४७ जनामा कोरोनाको डेल्टा भाइरस संक्रमणको पुष्टि भएको छ ।

विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनामध्येबाट ४७ वटा नमूना परीक्षणका लागि दिल्ली पठाइएको र सबै नमूनामा डेल्टा भाइरस पुष्टि भएको मन्त्रालयको भनाइ छ । त्यसमध्ये पनि ३ वटा नमूना थप उत्परिवर्तन के४१७एन म्यूटेसन भेटिएको छ जसलाई एवाइ१ नाम दिइएको छ ।

यी सहित नेपालमा भेरियन्ट कन्सर्नका रुपमा अल्फा (बी.१.१.७) र डेल्टा भेरियन्ट (बी.१.६१७.२) तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयको भनाइ छ ।