FLASH NEWS
  • Loading...

धस्केखोरिया पहिरो : ज्यानको आस, त्रिपालमुनीको बास

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०३ पटक पढिएको
धस्केखोरिया पहिरो : ज्यानको आस, त्रिपालमुनीको बास

सवै फोटोहरु सौजन्य : कमला तिलिजा

नेपालको सवैभन्दा बढी पानी पर्ने ठाँउ मध्य पर्छ, मगरजातिकाको वस्ती, किन्दु/धस्केखोरिया । पानी धेरै पर्ने भएपनि पुस्तौंदेखी कहिल्यै पहिरो गएको थिएन । यसपाला असर सुरुमै गाउँमा पहिरो चल्यो, सवै भागाभाग भए । वस्तीको शिर र पुछारबाट जमिन धजाधजा भै फाटेर बग्न थालेपछि संभावित विपदबाट जोगि अहिले धस्केखोरियावासी पाखोमा विस्थापित छन् ।


अन्नपूर्ण गाउँपालिका, ५ धस्केखोरिया वस्ती बग्न थालेपछि असुरक्षित सवै १६ घरपरिवारका ८ जना बालबालिका र ६५ बर्षमाथीका ९ जना जेष्ठ नागरिक समेत कम्तीमा ६० जनाले घर छोडेर नजिकै धस्केखोरिया डाँडामा प्लास्टिकको गोठ बनाई बसेका छन । उनीहरु दिनमा वस्तीमा फर्केर खेतीवाली लगाउने, आलु वाली थन्क्याउने र राती सुत्न गोठमा जाने गरेका छन । वस्तीमा गत असार १ र २ गते परेको भारीवर्षापछि माथीबाट आएको पहिरोले तीन घर त पुरेको पनि छ ।


‘पुरै वस्तीका जामिन धजाफाटेको छ । ज्यान बचाउन मात्र हामी गोठमा सरेका हौं । सवै सम्पत्ति घरमै छ’ पीडित कमला तिलिजाले भनिन, ‘दिउँसो घर/वस्ती वरपर खेतवारीमा काम गर्छौं । राती विपद परे गुहार नपाईएला भनेर गोठमा सरेका हौं । दिनमा पनि ठूलो पानी पर्दा वस्ती छोड्छौं ।’


धस्केखोरियाको माथिल्लो भित्ताबाट पहिरो झरेको र तलबाट वस्ती पनि फाटेर झरेपछि खेम पुन, रेम पाईजा, कृष्ण फगामी, नौमति वुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जित पुर्जा, टिका पुर्जा र ज्ञान पुर्जा समेत १६ परिवारले वस्ती छोडेका हुन । अलि सुरक्षित स्थानमा भएका दुई परिवार भने अझै गाउँमै रहेका छन ।


पहिरोबाट विस्थापित भएका धस्केखोरियावासीलाई सुरक्षित स्थानमा सार्न स्थानीय अन्नपूर्ण गाउँपालिकाले ५ वटा ठूला त्रिपाल, २ रोल ओच्छ्याउने म्याट्रिस, खानेपानी पाईप तथा किन्दु–पोखरा सम्पर्क समितिले २ सय २० मिटर विधुत केवल तार, वायरिङ तार, २ वटा शौचालय र थप १ लाख मुल्य वरावरका अन्य सामाग्री सहयोग गरी अस्थाई शिविर बनाएका हुन । धस्केखोरीयाबासीलाई सुरक्षति स्थलमा राख्न किन्दु पोखरा सम्पर्क समितिका खिमन शेरपुञ्जासमेतको सकृयतामा आर्थिक तथा भौतिक सहयोग जुटाईएको हो ।

त्यसैगरी यस अघि धस्केखोर पहिरो पीडितकालागी सत्तारुढ नेकपा एमाले म्याग्दी र अन्नपूर्ण गाउँपालिकाले खाद्यान्न सहयोग गरेको थियो ।

खेम पुन, किन्दु