- Loading...
देउवा प्रधानमन्त्री भएको दोस्रो दिन : गच्छदार अदालतमा हाजिर
- पुनहिल डट कम
- ३ साल अघि
- १८९ पटक पढिएको
नेपाली काग्रेसका नेता विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् ।
ललिता निवास जग्गा प्रकरणको भ्रष्टाचारको मुद्दा लागेका गच्छदार आज अदालतमा हाजिर भएका हुन्। यसअघि कागजी रूपमा फरार रहेका गच्छेदार बुधबार अदालतमा हाजिर भएका हुन्।
आजबाट अदालतमा उनको प्रारम्भिक बयान हुनेछ। त्यसपछि थुनछेक बहस सुरु हुने बताइएको छ । यसअघि अदालतले बालाउँदा उपस्थित नभएपछि उनलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो ।
प्रहरीले उनको ठेगाना पत्ता नलागेको बताएको थियो ।
सरकार परिवर्तन भएर कांग्रेसका सभापति देउवा प्रधानमन्त्री भएको दोस्रो दिन नै उनि अदालतमा हाजिर भएका हुन् ।बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।
विशेष अदालतले गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। गच्छदारलाई तत्कालीन भौतिक निर्माणमन्त्रीका हैसियतमा मुद्दा चलाइएको हो।