FLASH NEWS
- Loading...
ढिस्कोमा पुरिएर दुई मजदुरको मृत्त्यु
- पुनहिल डट कम
- ४ महिना अघि
- २४९ पटक पढिएको
मुस्ताङ जिल्लाको घरपझोङ—५ ढुम्बामा ढिस्कोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो करिव १ बजे ढुम्बा स्थित कुछप तेरङगा गुम्बाको नाली खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएपछि दुई मजदुरको मृत्यु भएको छ । नाली खन्ने क्रममा सर्लाही लालबन्दी नगरपालिका—१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका—१ का २३ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले बताए ।
नेपाल प्रहरी ,सशस्त्र प्रहरी र सेनाको टोलीले ढिस्कोमा पुरिएको शव बाहिर निकाल्न जुटेको थियो । सुरक्षा निकायको समन्वयमा डोजर प्रयोग गरेर घटनास्थलबाट पुरिएको शव बाहिर निकालिएको हाे ।
प्रतिक्रिया दिनुहोस