- Loading...
जतासुकै पहिरै पहिरो
- पुनहिल डट कम
- ४ साल अघि
- २१३ पटक पढिएको
हिउँदभरी विकास र समृद्धिको आधार भनिएका सडक बर्खा (मनसुन) सुरु भएपछि विपत्तिको मुख्य कारक बन्न थालेका छन । जनधनको ठूलो क्षति हुन थालेको छ । यो वर्षको मनुसुनको सुरु मै पाखापानी–कोटगाउँ सडकबाट झरेको भेलबाढीले पुरिएर रघुगंगा गाउँपालिका, ६ कोटगाउँमा दुई जनाको मृत्यु भएको थियो ।
सडक कसरी विपत्तिको कारक हो, सदरमुकाम बेनीको कालीपुल वसपार्क, क्याम्पसचोक, मंगलाघाट वजारमा मोटरबाटोबाट बर्षेनी ल्याउने वितण्डा हेरे पुग्छ ।
बेनीका सिरानका भित्तामा डोजर लगाएर खनेका सडकबाट निक्लेको ढुङ्गामाटो भेलले बगाएर बाढीको रुपमा बजार पसेपछि वितण्ड मच्चाउन थालेको छ । हस्पिटलचोकबाट खैरेनी वस्ती हुँदैमाथी जामुनाखर्क पुग्ने सडकबाट निक्लेको माटोले कालीपुल वसपार्कमा, बेनी–अर्थुङे–पाखापानी र पुलाचौर जाने सडकबाट आउने भेलबाढीले क्याम्पसचोक र मंगलाघाट तथा बेनी–अग्नीखेत सडकले मंगलाघाट बजारमा बाढी पसेर समस्या मात्र होईन, पहिरो खसेर मानविय क्षतिको जोखिम बढेको छ ।
क्याम्पसचोक र हस्पिटल चोकको माथी रहेको दलित वस्ती खैरेनी, धजाधजा परेर फाट्दै बग्न थालेपछि क्याम्पसचोबाट शिक्षामार्गहुँदै वेनी अस्पताल र कालीपुल वसपार्क क्षेत्रमा विपत्तिको घन्टी वज्न थालेको छ । खैरेनीमा पहिरोको कारण केही घर विस्थापित भैसकेका छन । त्यस्तै महारानी थान नजिकै भिरहुँदै महारानीथान–अग्नीखेत/गोठ जोड्ने सडक भत्कन थालेपछि मंगलाघाटको माथिल्लो वस्ती उच्च जोखिममा परेको छ । त्यस्तै कुरिलाखर्कको भित्तादेखी आँपारुखसम्मको सडकमा झरेको पहिरोले तलको महारानीथान वस्ती र मंगलाघाट वजारमा पहिरो झर्ने जोखिम उत्तिकै छ ।
यी उदाहरण मात्रै हुन । सडकहरु वस्तीको चैन उडाउने ‘एम्बुस’ भएका छन । हिउँदमा आफैले लापरवार्ही खनेका टोल जोड्ने, घर जोड्न र खेत तथा गोठलाई मोटरवाटोले जोड्न खनेका सडले विपत्ति निम्त्याउन थालेपछि जनप्रतिनिधीकालागी पीडितका आँशु थाप्ने ‘कमण्डलु’ बनेका छन । बेनी नगरपालिकाका जनप्रतिनिधीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरिएको सत्तोसरापले सडकको औचित्य देखाएको छ ।
Kamala Gc is feeling heartbroken with Prakash Poudel and 21 others at Beni Myagdi.
माटो को डल्ला नि खस्न दिदैनौ भन्नेहरु हो बिर्सिसकेउ कि सम्झना छ?आज त बस्ती नै उठायौ त।जस्ले जनताको लागि काम गर्छु भनेर चुनिए उसैले जनताको बिरोधमा उभिएर जनताले बिरोध गर्दा पनि आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिको लागि खनिएको बाटो ले कति जना लभान्वित भए त?खोइ कहाँ बन्यो रिङ रोड? जनतालाई झुक्याएर न घर न घाट बनाउने ?आज ८ घर धुरी का ३५ जना भन्दा बढी जनता हरु साझ को समयमा आखा भरी आशु पार्दै घर छोडन बाध्य भए।यस्को जिम्मा कस्ले लिने? सडक खन्ने क्रममा चलिरहेको दोजर रोकि छ्लफल गरि पाउ भनी नगरपालिकामा निवेदन पनि दिएकै हो तर पहिलो दिन त रोकियो तर अर्को दिन रातरात खनियो।आफ्नो स्वार्थ त पुगे होला तर हाम्रो बिचल्ली को श्राप अबस्य लाग्नेछ।गुनासो सुन्ने ले नसुने पनि बेनी बजारको वरिष्ठ हरुलाइ नि खबर गरेकै हो तर हामी जस्ता बिचरा पीडित सर्वसाधारण जनतालाई कस्ले सुन्थ्यो र?हाम्रो बिलाप न कुनै वरिष्ठ न कुनै सन्चार माध्यम ले नै सुन्ने हिम्मत गर्यो ।कि हामिजस्ता अन्यायमा परेका जनताको आवज सुन्ने निकाय बनेको छैनर?हामिलाइ न त मृत्यु पछिको राहत को आबस्यक छ न त समवेदना को नै।स्मरण रहोस हामि यतिकै चुप त बस्दैनौ ।
कति वेला को पर्छ पत्तो छैन । हिउँदभरी दैलोमा गाडी गुड्ने आसामा बाँचेका गाउँले जव त्यै सडकले ल्याएको पहिरोले पुरेर घरखेत हुन्छ अनि पुर्पुरोमा हात राखेर, भगवान पुकार्ने गरेका छन । सत्तोसराप गर्ने गर्छन । सडककै कारण वस्ती उच्च जोखिममा परेको वस्ती मध्य सदरमुकाम छेउको डम्बरा एक हो ।
‘सवैलाई दैलोमा सडक चाहिएको छ । वर्खा विपत्ति आउँछ कसैले सोच्दैन । अर्कोतर्फ ठूला ठेकदारले मनलाग्दी भित्तो काट्ने, संरक्षण नगेर्नै र निक्लेको माटो जथाभावी फाल्ने गर्दा झन बढी पहिरोको जोखिम बढेको छ’ बेनी नगरपालिका, ६ कावडाध्यक्ष कृष्णबहादुर बानियाँले भने, ‘मेरो वडामा मात्र साउन १२ गतेसम्म १७ घर भत्केपछि विस्थापित भएका छन । सयौं खेतियोग्य जमिन पुरिएको छ ।’
बाबियाचौर–अर्मन–किमचौर सडकले पहिरो चल्दा अर्मनबासी ज्यान जोगाउन घर छोडेर पर पाखोमा पाल राखेर बसेका छन । बेनी–दरवाङ सडक, बेनी–जोमसोम सडक, बेनी–बरंजा समेत जिल्लाका प्राय: सवै सडकमा पहिरोले धेरै घर भत्केका छन । खेतीयोग्य सयौं हेक्टर खेतमा पहिरो चलेको छ । डोजर अपरेटरको भरमा खनिएका सयौं ग्रामिण सडकले एक दुई घर होईन, विभिन्न वस्ती नै उच्च जोखिममा परेका छन ।
यी सडक खन्न अर्वौ बजेट सकिएको छ । सडकले निम्त्याएको विपत्तिबाट सम्पत्ति मात्र खर्वबढी क्षति पुगेको छ । पटक पटक सडकमा काम गर्दा पनि त्यसबाट पर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार उपयुक्त डिजाइनमा काम गर्ने कोसिसै भएन । ठेकदारको स्वार्थ अनुकुल डोजर चालकले जसरी चाहे, त्यसैगरी पहाडको भित्ता ताछ्ने छुट दिइयो । पटकपटक बाढीले बितण्डा मच्चाउँदा पनि यसको प्राविधिक पक्षमा ध्यान दिइएन ।
जिल्ला प्रहरी कार्यालयले तयार पारेको ‘अब्यवस्थित सडक निर्माणबाट सिर्जित जोखिम मुल्याङ्क विश्लेषण प्रतिवेदन ०७७’ मा भनिएको छ, ‘सडक निर्माण गर्दा वातावरणीय प्रभाव मुल्याङ्कन नहुने, जैविक विविधतामा ख्याल नगरी मनलाग्दी स्काभेटर, जेसिवि प्रयोग बढेको, स्थानीयवासीको पूर्वसहमति वेगर पहुँचका भरमा सडक खन्ने गरिएको, सडक निर्माणपछि नाली बनाउने, भेल तर्काउने र संरक्षणका कुनै काम नहुने र नगरेपनि हुने’ अवस्था रहेको उल्लेख गरिएको छ ।
बिकाशले ल्याएको जोखिममा पर्ने बेनी–अर्थु सडक त एउटा उदाहरण मात्र हो। इन्जिनियरिंग डिजाईन तयार गर्दा भौगोलिक जोखिमको अध्ययन नगरि निर्माण गर्दा, अनि क्षतिग्रस्त क्षेत्रको आवश्यक संरक्षण ‘ट्रिटमेन्ट’ पनि नहुादा जिल्लाका धेरै सडक पहिरोको जोखिममा छन् । स्पस्ट छ, कमजोर भौगर्भिक बनोटलाई पहिचान गर्न नसक्दा वा गरेपनि बेवास्ता गर्दा पछिल्लो समय, सडक पूर्वाधार विनाश र विपत्तिको कारक बन्न थालेको छ ।