- Loading...
आहा ! तरकारीकाे राजा
- पुनहिल डट कम
- २ साल अघि
- ४८१ पटक पढिएको
स्पेनि भाषाको ‘पटाटा’ हुँदै अँग्रेजीमा ‘पोटाटो’ हुँदै बहुउपयोगी कन्दमुल नेपालीमा आलु भएको हो । आलुलाई जमीन मुनी फल्ने स्याउ पनि भनिन्छ । आलु पोषणयुक्त र वलबद्र्धक खाद्य पदार्थ मात्र नभै औषधिय गुण समेत हुन्छ ।
विश्वभर नै सदावहार उपयोग गरिने आलुलाई तरकारीको राजा पनि भन्ने चलन छ । विश्वका सवै क्षेत्रमा पाईने आलुको ठाउँ र जाति अनुसार आ–आफ्नो शैलीमा आफ्नै प्रकारको स्वाद बनाई उपभोग गरिन्छ ।
धनी र गरिव दुवै समुदायले जन्मेदेखी नमरुन्जेल उत्तिकै उपभोग गर्ने आलुले केही वर्षसम्म गरिवको खाना मात्र परिचत थियो । तर हिजोआज आर्थिक हैसियत अनुसार आलु उपभोग गर्ने फेरिँदो शैलीले उच्च भेगको ग्रामिण क्षेत्रमा पाईने आलुको ‘टिपिकल’ स्वाद ब्यवसायीक उन्मुख छ ।
यो लेकाली वस्तीमा आलु थन्क्याउने मौषम हो । मध्य असार–साउन महिना यहाँका ग्रामिण भेगको मुख्य खानाको रुपमा आलु प्रयोग गरिन्छ । लेकाली वस्तीमा ‘उसिनेको आलु’ पाहुनालाई स्वागत गर्ने शैली विस्तारै ब्यवसायीक वन्न थालेको छ ।
टिमुर, मरेटी, सिल्टिमुर, हरियो खुर्सानी, लसुन र चुल्ठे अमिलोको चट्नीसंग घ्यू वा तेल राखेर उसिनेको लेकाली आलु खाँदा ज्यादै मिठो हुन्छ । उसिनेको आलुलाई दुधमा मुछेर खाँदा पनि उस्तै मिठो हुन्छ । हिमाली भेगका ग्रामिण भेगमा उसिनेको आलुलाई मिचर दाल, मुछेर रोटी र टुक्रा पारेर तरकारीको रुपमा खाईन्छ । त्यसैगरी मसिना आलुलाई तावामा भुटेर पनि खाईन्छ ।
आलु पोषणयुक्त र वलबद्र्धक खाद्य पदार्थ मात्र नभै औषधिय गुण समेत हुन्छ । एक सय ग्राम खान योग्य आलुमा २२.९ प्रतिशत कार्वोहाईड्रेड, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम चिल्लो,०.६ ग्राम मिनरल्स, ०.१ प्रतिशत क्याल्सियम, ४० मिलिग्राम भिटामिन ए र ०.७ मिलिग्राम फलाम पाईन्छ ।
आर्गानिक खाना र वेजोड स्वादको कारण बजारमा लेकाली आलुको माग ह्वात्तै बढेपछि आलु बेचेर यहाँका कृषकले मनग्य आम्दानी गर्न थालेका छन् । म्याग्दीको उपल्लो भेगका वस्तीबाट दैनिक सयौं टन आलु सदरमुकाम बेनी, बाग्लुङ्ग र पोखरा लगाएतको शहरमा झर्ने गरेको छ । स्थानियले लेकाली आलु पोखरा, काठमाण्डौ लगाएत शहरमा बस्ने आफन्तकालागी कोसेली पठाउने समेत गरेका छन ।
जिल्लाको अधिकांश लेकाली वस्तीको मुख्य खेती आलु वाली हो । जिल्लाका नागी, राम्चे, हिस्तान, शिख, खिवाङ्ग, स्वातबाट दैनिक सयौं टन आलु निकासी हुने गरेको छ । यस क्षेत्रका हरेक घरले आलु बेचेर बार्षिक कम्तीमा २५ हजारदेखी २ लाखभन्दाबढी आम्दानी गर्ने गरेका छन् ।
जिल्लाको उत्तरी भेगमा स्थानिय जातबाहेक कर्डिनल जातको आलु खेती बढी गरिन्छ । तल्लो क्षेत्रमा एम.एस ४२–३ र डिजिरे जातका आलु लगाउने गरिन्छ । ढोरपाटन क्षेत्र वरपर भने स्थानिय सेतो र लाम्चो आलुको खेती गरिन्छ । कृषी ज्ञान केन्द्रका अनुसार जिल्लाको एक हजार पाँच सय ५० हेक्टर क्षेत्रफलमा आलु खेतीबाट १७ हजार २ सय ८१ मेट्रिकटन आलु उत्पादन हुन्छ ।