FLASH NEWS
  • Loading...

अमेरिकाले दिएको १५ लाख डोज खोप शनिबार नेपाल आउने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२१ पटक पढिएको
अमेरिकाले दिएको १५ लाख डोज खोप शनिबार नेपाल आउने

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज उपलब्ध गराउने भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले नेपालाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप र भुटानलाई ५ लाख डोज मोर्डना खोप उपलब्ध गराउने भएको हो ।

अमेरिकाले उपलब्ध गराएको उक्त खोप शनिबार नेपाल आइपुग्ने ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै रोयटर्सले जनाएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले अमेरिकाले नेपाललाई उक्त खोप दिन लागेको जानकारी दिइन् । ‘उक्त खोपको थप विस्तृत कुरा छिट्टै बाहिर ल्याउने छौं,’ उनले भनिन् । उनले यो खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनताको लागि उपहारको रुपमा रहेको बताइन् ।

यसअघि नेपालले अमेरिकालाई खोप सहयोगको लागि आग्रह गरेको थियो । साथै, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् । स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेको थियो । उक्त खरिदको काम पनि अघि बढ्न सकेको छैन ।