FLASH NEWS
  • Loading...

४ अनलाइन कालोसूचीमा, सेतोपाटी सहित १३ अनलाइनलाई काउन्सिलको पत्र, थप १५ वेवसाइट नेपालभित्र बन्द

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९५ पटक पढिएको
४ अनलाइन कालोसूचीमा, सेतोपाटी सहित १३ अनलाइनलाई काउन्सिलको पत्र, थप १५ वेवसाइट नेपालभित्र बन्द

काउन्सिलले १५ दिनको तुलनामा १३ वटा अनलाइनमा स्वअनुगमन गर्दा ८ वटालाई ध्यानाकर्षण, ४ वटालाई सचेत, एक सञ्चारकर्मीलाई सचेत र एक सञ्चार विज्ञलाई ध्यानाकर्षणको लागि पत्र काटेको छ ।

काउन्सिलले विहीबार विज्ञप्ति जारी गर्दै सेतोपाटी डटकम (setopati.com), नेपालआज डटकम (nepalaja.com), देशसञ्चार डटकम (deshsanchar.com), , जनता टाइम्स डटकम (janatatimes.com), रिपोर्टस नेपाल डटकम (www.repotersnepal.com), दैनिक नेपाल न्यूज डटकम (www.dainiknewsnepal.com), सफल खबर लगायत १३ वटा अनलाइनलाई लिखित पत्र काटेको जनाएको छ ।

काउन्सिलले पछिल्लो पन्ध्र दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

यसैबिच पछिल्लो समय रुपा सुनवार र सरस्वती प्रधानको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा समाचार सामग्रीप्रति समेत प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।