- Loading...
२१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै संक्रमित
- पुनहिल डट कम
- ४ साल अघि
- १०१ पटक पढिएको
नेपालमा संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५३, कपिलवस्तुमा ४८, सर्लाहीका २७, दैलेखमा २५, धादिङका १६, कैलालीका १२ र धनुषाका ११, पाल्पाका १२, सुर्खेतका ९, मोरङका ८, रूपन्देहीका ७, प्युठानका ६, सप्तरीका ६, नवलपरासी पश्चिमका ५, झापाका ५, गोरखाका ४, उदयपुरका ४ जनामा पनि पछिल्लो २४ घण्टामा संक्रमण देखिएको छ।
यस्तै, बाँकेका ३, जाजरकोटका ३, चितवनका २, कञ्चनपुरका २, सिन्धुपाल्चोकका २, नवलपुर, बर्दिया, दार्चुला, डडेल्धुरा, नुवाकोट र सिरहाका एक÷एक जनामा संक्रमण देखियो। मन्त्रालयका अनुसार आजसम्म आइसोलेसनमा तीन हजार ६७५ जना छन्।
संक्रमितमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन्। यो समूहका एक हजार ६८६ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ। ११ देखि २० वर्ष उमेर समूहका एक हजार १३२, ३१ देखि ४० वर्ष उमेर समूहका ९३०, ५१ देखि ६० वर्ष उमेर समूहका ११६ र १० वर्ष मुनिका १०२ जना संक्रमित छन्।
यस्तै, ६१ देखि ७० वर्ष उमेर समूहका ३१, ७१ देखि ८० वर्ष उमेर समूहका ९ र ८० भन्दा माथिका एकजना मात्र संक्रमित भएका छन्।
संक्रमितमध्ये १५ जनाको मृत्यु भएको छ।
कोरोनामुक्त हुनको संख्या ६७४ पुगेको छ। यसमा ५९५ पुरुष र ७९ महिला छन्।